2 years ago
October 29, 2023
एजेन्सी – ओमानले दुई नयाँ भारतीय मुलका खेलाडी थप्दै सोमबार देखी नेपालमा सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गरेको छ ।

अफगानिस्तान ए सँग ५० ओभर र टि२० सिरिज खेल्दै टोली घोषणा गरेको हो । ओमानको टोलीमा दुई भारतीय मुलका सिद्धार्थ प्रसाद बुक्कापट्टनम र प्रतीक आथवलेलाई टोलीमा समेटेको छ । यी दुबै खेलाडीले भारतीय मुलका हुन् ।
झारखण्डमा जन्मिएका ३३ वर्षीय सिद्धार्थ स्पिनर अलराउन्डर हुन् । उनले २०१६ मा आन्द्र प्रदेशबाट गोवाविरुद्ध रणजी ट्र«फी खेलेका थिए ।
उता २६ वर्षीय प्रतीक विकेटकिपर ब्याटर हुन् । महाराष्ट्रमा जन्मिएका उनले अफगानिस्तान ए विरुद्ध राम्रो प्रभाव छाड्दै टोलीमा स्थान बनाएका हुन् । यी दुबै खेलाडीले ओमानको घरेलु क्रिकेटमा पनि राम्रो प्रभाव छाडेका छन् ।
ओमानले टोलीमा भने पुरानै खेलाडी समेटेको छ । अनुभवी अलराउन्डर जिशान अली टोलीमा छन् । ओमानका टोलीमा पाकिस्तानका खेलाडीको बाहुल्यता बढी छ । भारतीय र पाकिस्तानी मुलका खेलाडी मिलेर ओमानको टोली निर्माण हुँदै आएको छ ।

समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा युएई, हङकङ, कुवेत र बहराइन छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
ओमानले सोमबार दिउँसो १ : ३० मा टियु मैदानमा मलेसियासँग खेल्नेछ । मंगलबार ओमानले सिंगापुरविरुद्ध विहान ९ बजे टियुमा खेल्नेछ । बिहीबार ओमानले घरेलु टोली नेपालसँग बिहान ९ बजे टियुमा खेल्नेछ । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।
ओमानको टोली :
जिशान मकसुद, अकिब इलियास, कश्याप प्रजापति, शोएब खान, आयन खान, मोहम्मद नदिम, मोहम्मद नसिम, बिलाल खान, अहमद फैयज बट, कलिमुल्लाह, सकिल अहमद, मेहरान खान, प्रतिक अथावले, सन्दीप गौड र सिद्धार्थ प्रसाद बुक्कापट्टनम ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]