2 years ago
October 31, 2023
काठमाडौ (हाम्रो खेलकुद) – ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरलाई २२ रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । अर्को खेलमा नेपालले सिंगापुरलाई हराए ओमान एक खेल अगावै सेमिफाइनल पुग्नेछ ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।
मनप्रीत सिंहले २० बलमा २ छक्कासहित ३१, अरित्र दत्त १३, अनिश परामले २६ र रोहन रंगराजनले १२ रन बनाए ।
ओमानका बिलाल खान र फयाज बटले समान दुई विकेट लिए । सकिल अहमद, जिशान मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । ओमानको जितमा अकिब इलियास ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिएका थिए ।

तेस्रो विकेटका लागि जिशान मकसुद र अकिब इलियासले ३२ बलमा ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । जिशान १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
ओपनर प्रतीक अथवले ३२ बलमा ७ चौकासहित ४२ तथा कश्याप प्रजापति १९ बलमा २ चौकासहित १२ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अकिबले प्रतीकसँग मिलेर ३५ बलमा ५० रनको साझेदारी गरेका थिए ।
सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाशले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । अनिश परामले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । रमेश कलिमुथुले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ओमानले पहिलो खेलमा सिंगापुरलाई ३२ रनले हराएको थियो । बिहीबार नेपालसँग ओमानले खेल्नेछ ।
उक्त खेलले समूह ए को विजेता र उपविजेता निर्धारण गर्नेछ । सिंगापुर पहिलो खेलमा नेपालसँग ८ विकेटले पराजित भएको थियो । सिंगापुर बाहिरिएको छ । सिंगापुरले अन्तिम खेल बिहीबार मलेसियासँग खेल्नेछ । नेपाल र मलेसियाबीच अव केहि समयमा खेल हुँदैछ । उता मुलपानीमा पहिलो खेलमा बहराइनले हङकङलाई २० रनले हराएको थियो । मुलपानीमा दोस्रो खेलमा कुवेत र युएई भिड्दैछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]