2 years ago
November 2, 2023
एजेन्सी – आइसिसी विश्वकप २०२३ मा लगातार चार हारले पाकिस्तानको सेमिफाइनल सम्भावना कठिन बनेको छ । तर समाप्त भने भएको छैन । पाकिस्तान अझैपनि सेमिफाइनलमा पुग्न सक्छ । त्यसको लागि पहिला पाकिस्तानले आफ्ना बाँकी दुबै खेल जित्नुपर्छ ।

पाकिस्तान ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तानले अव ४ नोभेम्बरमा न्युजिल्यान्ड र ११ नोभेम्बरमा इंग्ल्यान्डसँग खेल्नेछ । यी दुबै खेलमा विजयी भएमा पाकिस्तान १० अंकमा पुग्नेछ । तर १० अंकका साथ सिधैं सेमिफाइनल भने खेल्न सक्दैन । अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ ।
दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्षस्थानमा छ । भारत ६ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमाछ । न्युजिल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।
अव पाकिस्तानले भारत र दक्षिण अफ्रिकालाई पछि पार्न सक्दैन । अव पाकिस्तान अष्ट्रेलिया र न्युजिल्यान्डको हार चाहनुपर्छ । न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग १ सय ९० रनको फराकिलो हार व्यहोरेपछि पाकिस्तानको सम्भावना झनै बढेको हो ।

पाकिस्तान शीर्ष चारमा रहन न्युजिल्यान्ड र अष्ट्रेलिया मध्य एकलाई पछि पार्नुपर्छ । न्युजिल्यान्डलाई पछि पार्ने सम्भावना देखिन्छ । त्यसैले अव अष्ट्रेलियाले इंग्ल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । अष्ट्रेलियाले सबै खेल जित्नुपर्छ । अफगानिस्तान पनि १० माथि अंकमा जान सक्दैन ।
न्युजिल्यान्डले ४ नोभेम्बरमा पाकिस्तान र ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । न्युजिल्यान्डले दुबै खेल हारेको खण्डमा ८ अंकमा रोकिनेछ । पाकिस्तानले दुबै खेल जित्दा १० अंक हुनेछ । त्यसैले पाकिस्तान न्युजिल्यान्डको दुबै खेलमा हार चाहन्छ ।
पाकिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्छ । न्युजिल्यान्डसँग हारेको खण्डमा भने पाकिस्तानको सेमिफाइनल सम्भावना सकिनेछ । किनभने पाकिस्तान १० अंकमा पुग्न सक्दैन । न्युजिल्यान्डले श्रीलंकालाई जित्दा दुबै टोलीको १०–१० अंक हुनेछ । जसले नेटरनेटमा पछि पार्न सक्छ ।

पाकिस्तानको नेटरनरेट माइनस ०.०२४ र न्युजिल्यान्डको ०.४८४ छ । दक्षिण अफ्रिकासँगको लज्जास्पद हारले न्युजिल्यान्डलाई नेटरनरेटमा ठूलो असर परेको छ । त्यसैले पाकिस्तान सेमिफाइनलमा पुग्न दुबै खेल जित्नुपर्छ । दुबै खेलमा जितको अन्तर फराकिलो हुनुपर्छ ।
जसले गर्दा नेटरनरेटका कारण सेमिफाइनल खेल्ने देखिन्छ । न्युजिल्यान्डले श्रीलंकासँग हारेको खण्डमा पाकिस्तानलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन ।
गतवर्ष टि२० विश्वकपमा पनि पाकिस्तानको सुपर १२ सम्भावना लगभग सकी सकेको अवस्था थियो । तर नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तान सुपर १२ मा पुगेको थियो । पाकिस्तान पुन त्यस्तै चाहन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]