4 weeks ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध पावर प्लेमा ३ विकेट गुमाएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ३ र कुशल मल्ल क्रिजमा छन् । आसिफले ब्यक्तिगत ४ रनमा […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानविरुद्ध पावर प्लेमा ३ विकेट गुमाएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ ।
नेपालका कप्तान रोहित पौडेल ३ र कुशल मल्ल क्रिजमा छन् । आसिफले ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । दोस्रो ओभरको चौथो बलमा आसिफको बल मेहरान खानले क्याच छाड्न पुगेका थिए । तर आसिफ अर्को ओभरको पहिलो बलमा बिलाल खानको बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।
सोमपालले चौथो ओभरको पाँचौं बलमा ब्यक्तिगत ४ रनमा जीवनदान पाएका थिए । कल्लिमुल्लाहको बलमा कश्याप प्रजापतिले फाइनल लेगमा क्याच छाड्न पुगेका थिए ।
स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए ।
मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा मिस हुँदा बोल्ड भएका थिए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।
December 1, 2023
सुशिल पन्त क्षेत्री चितवन बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेका छन् । भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्यो । जितको लागि १ सय ३७ रनको बलियो लक्ष्य पछ्याएको भक्तपुर १४.५ ओभरमा ४२ […]
December 1, 2023
एजेन्सी – भारतीय सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरका छोरा अर्जनले विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । गोवालाई नागालान्डविरुद्ध २ सय ३२ रनको सानदार जित दिलाउन उनले उत्कृष्ट बलिङ गरेका हुन् । जितको लागि ३ सय ८४ रनको विशाल विजयी लक्ष्य पछ्याएको नागालान्ड ३९.१ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसको […]
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपाली टोलीबाट खेलि सकेका हरिले फाइनलमा आर्मीलाई हराउन २७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । ११ […]