2 years ago
November 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल युएईसँग मुलपानी मैदानमै खेल्ने पक्का भएको छ । आइसिसीको तालिका अनुसार समूह ए को विजेताले टियुमा र उपविजेताले मुलपानीमा सेमिफाइनल खेल्ने तालिका थियो ।

त्यसै अनुसार नेपाल र युएईबीचको सेमिफाइनल खेल शुक्रबार मुलपानीमै खेल्ने भएको छ । सुरक्षाको कारण नेपालको खेल टियुमा सार्ने चर्चा रहेपनि मुलपानीमै हुने पक्का भएको क्यानले जनाएको छ । नेपाल अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि समूह ए को उपविजेता बनेको थियो ।
टियुमा समूह ए को विजेता ओमान र समूह बी को उपविजेताबीच शुक्रबार सेमिफाइनल खेल हुनेछ । समूह बी बाट को उपविजेता बन्ने कुवेत र बहराइनबीचको नतिजापछि मात्रै थाहा हुनेछ । दुबै सेमिफाइनल बिहान–११ बजे सुरु हुनेछन् ।
फाइनलमा पुग्ने दुबै टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार टियु क्रिकेट मैदानमा हुनेछ ।
गतवर्ष टि२० विश्वकप ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]