default_image

1 month ago

November 3, 2023

के दीपेन्द्र खेल्छन् आज ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ । धेरैको ध्यान आजको खेलमा दीपेन्द्र खेल्न आउँछन् वा आउदैनन् भन्ने छ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी […]

4568 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।

धेरैको ध्यान आजको खेलमा दीपेन्द्र खेल्न आउँछन् वा आउदैनन् भन्ने छ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो । टसको समयपछि उनी घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई नेपालले मौका दिएको थियो ।

मंगलबार मलेसियासँगको सन्दीप लामिछानेले उनलाई ठिक हुन एक महिना भन्दा बढी समय लाग्ने हुँदा विश्वकप छनोट गुमाउने बताएका थिए । सन्दीपले नेपाललाई टि२० विश्वकपमा पुर्याउँदै दीपेन्द्रलाई गिफ्ट दिने बताएका थिए ।

ओमानसँगको हारपछि मुख्य प्रशिक्षक मोन्टी देशाईले दीपेन्द्रलाई टोलीमा फर्काउन प्रयास गरेको बताएका थिए । तर मोन्टीले दीपेन्द्रको करिअर महत्वपूर्ण भएको प्रष्ट पारेका थिए ।

दीपेन्द्र ओमानसँग खेल्नुअघि टिम वैठकमा सुरुमा आएका थिएनन् । तर कप्तान रोहितले दिप्पी दाईलाई पनि बोलाउन भनेपछि उनी मैदान आएका थिए । टिम बैठकपछि उनी ड्रेसिङ रुम लागेका थिए । बिहान उनले कुनैपनि अभ्यास गरेका थिएनन् ।

सोमबार उपचारपछि दीपेन्द्र वैशाखी टेकेर मैदान फर्किएका थिए । तर बिहीबार दीपेन्द्रले वैशाखी हटाएका थिए । हिँड्न केहि सहज देखिएपनि अभ्यास उनले गरेका थिएनन् ।

तर नेपाल र ओमानबीचको खेलकोक्रममा दीपेन्द्रले नेटमा गएर अभ्यास गरेका थिए । त्यहिँ अभ्यासको कारण दीपेन्द्र खेलमा फर्किन सक्ने झिनो सम्भावना छ । उनले नेटमा अभ्यास गर्नुको मुख्य कारण नै खेल्ने मनासय बनाउने हुनसक्छ । तर खुट्टाको एंकल हुँदा उनलाई निकै कठिन हुने देखिन्छ । दीपेन्द्र मैदान उत्रर्न आफ्नो करिअरनै धरापमा राखेर खेल्नुपर्ने हुन्छ ।

नेपाललाई टि२० विश्वकपमा पुर्याउन दीपेन्द्र त्यो जोखिम लिन सक्छन् । तर युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिकले योर्करमा दीपेन्द्रलाई थप समस्या पार्नसक्छन् । दीपेन्द्र फिट छैनन् । त्यसैले उनी रन लिदा कुद्न नसक्ने पक्का छ ।

दीपेन्द्र नेपाली टोलीमा सर्वाधिक गतीमा रन लिदा कुद्ने ब्याटर हुन् । उनको फिल्डिङ र बलिङ त्यतिकै उत्कृष्ट छ । तर खुट्टाको कारण खेलेको खण्डमा उनले फिल्डिङ र बलिङ भने नगर्ने पक्का छ । दीपेन्द्र खेलेको खण्डमा ब्याटिङ मात्रै गर्नेछन् ।

यदी दीपेन्द्र खेलेको खण्डमा सन्दीप जोरा प्लेइङ-११ बाट बाहिर हुनेछन् । अन्य कुनैपनि खेलाडी टोली बाहिर हुने सम्भावना छैन । विवेक यादव दीपेन्द्रको स्थानमा खेलेका थिए । तर ओमानविरुद्ध उनले पाँच छक्कासहित ३९ रन बनाएका थिए ।

नेपालबाट उक्त खेलमा सर्वाधिक रन बनाएका विवेकले टोलीमा निरन्तरता पाउने पक्काछ । उनले अन्तिम ६ बलमा २६ रन चाहिँदा लगातार तीन छक्का हान्दै खेल रोचक बनाएका थिए । तर चौथो बलमा आउट भएपछि खेल मोडिएको थियो ।

दीपेन्द्रको अर्को विकल्पमा गुलशन झा हुन् । तर गुलशनले तीव्र गतिमा बलिङ गर्दै विकेट लिँदै आएका छन् । त्यसैले यदि दीपेन्द्रले आफ्नो करिअरनै जोखिममा मोलेर खेलेको खण्डमा सन्दीप जोरा बाहिर हुने पक्काछ । दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेको हुँदा खेल्न सक्ने झिनो सम्भावना मात्रै छ ।

ओमानसँगको हारले नेपाली टोली केहि दबाबमा छ । नेपालका सर्वाधिक सफल टि२० खेलाडी बेन्चमा हुँदा ठूलो घाटा लागेकोछ । खुट्टाको एंकलको चोट हुँदा दीपेन्द्र खेल्ने सम्भावना एकदमै न्यून छ । यदि खेली हालेपनि दीपेन्द्र ब्याटिङ र हिटिङका लागि मात्रै खेल्नेछन् ।

नेपालको ओपनरमा आसिफ र कुशल भुर्तेल हुनेछन् । कुशलले आक्रामक सुरुवात दिलाएपनि आसिफले संघर्ष गर्दै आएका छन् । नेपालको ब्याटिङक्रम लगातार अस्थिर छ । ओमानविरुद्ध सोमपाललाई ब्याटिङमा तेस्रो नम्बरमा पठाएको थियो । जुन हारको मुख्य कारण थियो । तेस्रो नम्बरमा रोहित पौडेल खेल्ने सम्भावना छ ।

कुशल मल्ल चौथो नम्बरमा खेल्नेछन् । कुशल नेपालको प्रमुख खेलाडी हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पाँचौं नम्बरमा सन्दीप जोरा वा दीपेन्द्र मध्य एक हुनेछन् । छैटौं नम्बरमा विवेक यादव खेल्ने सम्भावना छ ।

विवेकले ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको हुँदा गुलशनमाथि पठाउने देखिन्छ । सोमपाल कामी, गुलशन झा र करण केसी हुनेछन् । यी तीन खेलाडी टोलीको आवश्यकता अनुसार कुनैपनि स्थानमा खेल्नसक्छन् । तल्लोक्रममा सन्दीप र अभिनाश हुनेछन् ।

दीपेन्द्र नहुँदा स्पिन आक्रामण केहि कमजोर बनेको छ । सन्दीपलाई अर्को एन्डबाट कुशल मल्लले साथ दिनेछन् । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् ।

दीपेन्द्र नहुँदा नेपालले गुलशन झालाई लगातार बलिङ गराउदै आएको छ । डेथ ओभरमा कमजोर बलिङ नेपालको समस्या हो । जुन आजको खेलमा सुधार गर्नुपर्ने हुन्छ । नेपाली ब्याटरले खेलमा जिम्मेवारी देखाउन आवश्यक देखिन्छ ।

नेपालको सम्भावित प्लेइङ–११ :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने र सन्दीप जोेरा वा दीपेन्द्रसिंह ऐरी मध्य एक ।

December 3, 2023

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

एजेन्सी – घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित हात पारेकोछ । भारतले सिरिज ४-१ ले जितेकोछ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । अष्ट्रेलियाका बेन म्याकडेर्मोटले ३६ बलमा ५ छक्कासहित सर्वाधिक […]

December 3, 2023

कृष्ण र बसिरको उत्कृष्ट प्रदर्शनमा लिटल फ्लावरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा १ सय […]

December 3, 2023

ऐरको अर्धशतकमा अष्ट्रेलियालाई मध्यम लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो । भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ […]

Success

Thank you for your time.