default_image

2 years ago

November 4, 2023

‘ओमानसँग हारेर आएपछि दिप्पी दाइले भन्नुभयो म खेल्छु’- रोहित

15616 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइतेका बाबजुद आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेल युएईविरुद्ध खेल्ने निर्णय लिए । सोमबार सिंगापुरविरुद्ध खेल्नुअघि उनको एंकलमा चोट लागेको थियो । उनी वैशाखीको सहयोगमा मैदान फर्किएका थिए ।

बिहीबार ओमानसँगको खेलको क्रममा उनले नेटमा अभ्यास गरेका थिए । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।

त्यसैको कारण नेपालले सेमिफाइनल खेलमा युएईसँग खेल्नु परेको थियो । दीपेन्द्रले खेल्ने सम्भावना निकै कम थियो । तर शुक्रबार नेपालले सन्दीप जोरालाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरीलाई खेलाउने निर्णय लियो ।

मैदानमा पनि दीपेन्द्र फिल्डिङमा सहज देखिएका थिए । ब्याटिङमा भने उनी आउन पर्ने आवश्यकता नै परेन । नेपालले १ सय ३५ रनको मध्यम लक्ष्य १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । १० वर्षपछि नेपालले पुन टि२० विश्वकपमा स्थान बनायो ।
दीपेन्द्र एक महिना भन्दा बढी बाहिर हुने बताइएको थियो । तर ओमानसँगको हारपछि भने दीपेन्द्रले खेल्ने निर्णय लिएको कप्तान रोहित पौडेल बताउँछन् ।

‘ओमानसँग खेल हारेर आएपछि दिप्पीदाइले भन्नुभयो म खेल्छु खेल्छु भनेर भनि राख्नु भएको थियो । त्यो कन्फिडेन्स हेर्दा एकदमै खुसी लाग्छ । खेलाडी घाइते भएपछि पनि खेल्न खोजि राख्नु भएको थियो । कसरी जिताउन भने त्यो योगदान दिन खोज्नु भएको थियो । त्यो हेर्दा एकदमै खुसी लागि राखेको थियो । दिप्पी दाई खेल्दा युएई डराएको हुनपनि सक्छ’, विश्वकपमा पुगेपछि रोहितले भने ।

दीपेन्द्र खेल्ने भएपछि युएईका खेलाडी केहि दबाबमा परेको थिए । ‘रोहित त्यो हुनपनि सक्ने बताउँछन् । दीपेन्द्र खेल्दा युएई डराएको पनि हुनसक्छ । दिप्पी दाई मैदानमा भएपछि अर्को टोलीको मनोबल तल झर्न सक्छ’, उनले ।

दीपेन्द्रले फाइनल भने नखेल्ने पक्का छ । विश्वकपमा स्थान बनाउन निर्णायक खेल हुँदा दीपेन्द्रले आफ्नो करिअरनै दाउमा लगाएर खेलेका थिए । फाइनलमा भने उनले विश्राम गर्नेछन् । नेपालले उपाधिको लागि आइतबार ओमानसँग टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र ओमानबीचको खेल आइतबार बिहान ११ बजे सुरु हुनेछ । ओमानले अर्को सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपाल र ओमानले २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
रोहितको पूरा भिडियो :

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.