default_image

2 years ago

November 6, 2023

नेपालले फाइनलमा ओमानसँग हार्नुको पाँच कारण

4189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनलमा ओमानसँग सुपर ओभरमा हार्न पुग्यो । ओमानले घरेलु टोली नेपाललाई समूह चरण र फाइनल दुबैमा हराउँदै उपाधिका साथ फर्कियो । घरेलु मैदान र हजरौं दर्शकको साथमा नेपालले टस जितेर राम्रो ब्याटिङ गरेको थियो ।

सुरुवात कमजोर रहे पनि नेपालले राम्रो अन्त्य गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५४ रन बनाए । रोहित पौडेलले ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे ।

नेपालले पहिला ब्याटिङ गर्दा उक्त रन जितको लागि पर्याप्त हुने अनुमान गरिएको थियो । एक समय ओमानले उक्त लक्ष्य सहजै पूरा गर्ने अनुमान गरेको थियो । तर अन्त्य तिर लगातार विकेट गुमाउँदा सुपर ओभरमा पुगेको थियो । अन्तिम ६ बलमा ८ रन चाहिँदा सन्दीपले एक रन आउटसहित तीन विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभर अझ रोमान्चक हुने अनुमान गरिएको थियो । तर ओमानले सुपर ओभरमा भने एकपक्षीय जित हात पार्यो । नेपाल विश्वकपमा पुगि सकेको हुँदा यो खेल उपाधि भिडन्तको लागि मात्रै थियो । नेपालले ओमानसँग फाइनलमा हार्नुका प्रमुख पाँच कारण यस प्रकार छन् ।

५. कमजोर बलिङ आक्रामक

विकेट (पिच) जस्तो भएपनि टि२० क्रिकेटमा १ सय ८४ रन रोक्न सक्नुपर्छ । त्यसको लागि बलरले राम्रो गर्नुपर्छ । फाइनल खेल र स्कोर बोर्डको दबाबले यो ओमानलाई २ सय रन पूरा गर्नु बराबर थियो । तर नेपालको बलिङ आक्रामण कमजोर रह्यो । त्यहिँ कमजोर बलिङका कारण नेपालले हार्न पुग्यो ।

नेपालले पहिलो ओभर सोमपाल कामीलाई दिएको थियो । दोस्रो ओभरमा कुशल मल्ललाई लगाएको थियो । पार्टटाइम बलर दोस्रो ओभरमै लगाउनु कुनैपनि टोलीको लागि राम्रो कुरा होईन । पार्टटाइम बलर विकेट भन्दा पनि रन रोक्न वा ओभर सक्नलाई प्रयोग गरिन्छ ।

कुनैपनि नेपाली बलरले ओमानका ब्याटरलाई दबाबमा राख्न सकेनन् । नेपालका प्रमुख बलर सन्दीप लामिछानेलाई पनि ओमानी ब्याटरले सहजै रन जोडेका थिए । प्रतियोगिता भर एक बल पनि नगरेका विवेक यादवलाई समेत बलिङमा ल्याएको थियो ।

नेपालका प्रमुख दुई बलर सोमपाल कामीको इकोनमी १२.३३ र करण केसीको १५.०० थियो । सन्दीप र अभिनाश दुबैले समान ४ ओभरमा ३० रन खर्चेका थिए । सन्दीप अन्तिम ओभरमा दुई विकेट लिएका थिए ।

नेपालले ७ बलर प्रयोग गरेको थियो । तर कुनैपनि बलर हाबी हुनसकेनन् । त्यसैको कारण ओमानका ब्याटरले खुलेर रन बनाएका थिए । कमजोर बलिङ आक्रामण नेपालको हारको एक कारण थियो ।


४.सुपर ओभरमा अभिनाशले योर्करको धुनमा फुलटस गर्नु

अभिनाश नेपालका डेथ ओभर स्पेलिष्ट बलर हुन् । खेल टाई भएपछि नेपाललाई जित्ने राम्रो अवसर थियो । स्पिनर सन्दीप लामिछानेले अन्तिम ६ बलमा ७ रन दिँदै खेल सुपर ओभरमा पुर्याएका थिए । नेपालले सन्दीपलाई सुपर ओभर दिन सक्थ्यो ।

तर अभिनाशलाई नै विश्वास गर्यो । किनभने अभिनाश टोलीमा भएका बलरमा योर्करका लागि भरपर्दा खेलाडी हुन् ।
तर अभिनाशले त्यो दबाबमा आफुलाई सम्हाल्न भने सकेनन् । उनलाई नसिम खुशीले तीन छक्का हानेपछि सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । अभिनाशले तीनै छक्का फुलटस बलमा खान पुगेका थिए ।

अभिनाशले पहिलो बलमा अकिबलाई एक रन दिएका थिए । तर दोस्रो फुलटस बललाई नसिम खुशीले डिप मिडविकेटमा उत्कृष्ट छक्का हाने । हाइटको नो बल देखिए पनि अम्पायरले दिएनन् । तेस्रो बल खुशीले वाइडको धुनमा छाडेका थिए र त्यो डट भयो ।

सुरुवाती तीन बलमा ओमानले ७ रन बटुलेको थियो । तर चौथो पुन फुलटस बल गरे । त्यो फुलटस बललाई खुशीले छक्का हानेका थिए । लगत्तै वाइडपछि अर्को फुलटस बललाई खुशीले काउकर्नरमा छक्का प्रहार गरेपछि जित लगभग टाढा भएको थियो ।

सुपर ओभरमा फुलटस बल नै घातक बनेको थियो । अभिनाशले योर्करको धुनमा फुलटस फाल्न पुगेका थिए । नसिम खुशीले भरपूर्ण फाइदा उठाए । सुपर ओभरमा २२ रन बनाउन कुनैपनि टोलीलाई कठिन पर्ने देखिन्छ । उता ओमानका बिलाल खानले सुपर ओभरमा लगातार योर्कर फ्ँयालेका थिए । सुपर ओभरमा अभिनाश दबाब सम्हाल्न सकेको भए सायद नतिजा अर्कै हुनसक्थ्यो ।

३. प्रजापति र अकिबको साझेदारी तोड्न नसक्नु

लक्ष्य जति सुकै विशाल भएपनि अर्को टोली त्यो पूरा गर्न नै मैदान उत्रर्ने गर्दछ । विकेट नगुमेको खण्डमा अर्को टोलीले उक्त लक्ष्य पूरा गर्नसक्छ । ओमानले नेपालविरुद्ध सानदार सुरुवात गरेको थियो । ओमानले सुरुवाती १० ओभरमा मात्रै २ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

ओमानलाई बाँकी ६० बलमा ८७ रन जितको लागि चाहिँएको थियो । ओमानको हातमा ८ विकेट थियो । प्रतिओभरमा ओमानलाई झन्डै ९ रन बनाउनु पर्ने हुन्थ्यो ।

टि२० मा प्रतिओभरमा ९ रन कुनै कठिन मानिदैन । नेपाली बलरले सुरुवातमा विकेट लिन नसक्नु नै हारको एक कारण हो । सुरुवातीमा विकेट लिन सकेको भए ओमान दबाबमा पर्ने थियो ।

दोस्रो विकेटका लागि अकिब इल्यास र कश्याप प्रजापतिले ४० बलमा ६७ रनको साझेदारी गरेका थिए । त्यो साझेदारी नै ओमानको जितको एक प्रमुख टर्निङ प्वाइन्ट थियो । अकिब दशौं ओभरको चौथो बलमा आउट भएका थिए । अकिब आउट हुनुअघि ओमान ९.३ ओभरमा ९४-१ को बलियो अवस्थामा थियो ।

अकिबले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन जोडेका थिए । कश्यापले ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाउँदै कुनैपनि समय नेपाललाई खेलमा हाबी हुन दिएनन् । निरन्तर कश्यापले दबाबमा राखेका थिए ।

ओमानले १५.१ ओभरमा १३६-२ को अवस्थामा हुँदै दबाब नेपाललाई राखेको थियो । ठूलो सर्टको धुनमा अन्तिममा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुरुवातमा विकेट लिन नसक्नु हारको कारण हो ।

२.जिशानको उत्कृष्ट कप्तानी ओमानको टिम होमवर्क

नेपाललाई हराउन ओमानको टिम होमवर्क र जिशानको कप्तानी पनि उत्कृष्ट रह्यो । नसिम खुशी इनिङमा एक रनमै आउट भएका थिए । तर सुपर ओभरमा उनले आफ्ना खेलाडीलाई विश्वास गरे । खुशीले तीन छक्का हान्दै सुपर ओभरमा सहज जितको आधार तय गराए ।

जिशानको नेपाली ब्याटरविरुद्ध बलिङ र फिल्डिङ सजावत झनै उत्कृष्ट थियो । कुशल भुर्तेललाई आउट गर्न डीप स्क्वायर लेगमा मेहरान खान राखेका थिए । अकिबले लेग साइडको बलमा कुशल भुर्तेललाई त्यहिँ क्याच आउट गराए । कुशल मल्ल अफ स्टिम बल खेल्न संघर्ष गर्छन् । त्यहिँ अफ स्टम्पमा अकिबले कुशललाई बोल्ड गरेका थिए ।

ब्याटिङमा पनि मोहम्मद नदिमलाई तल्लोक्रममा खेलाएका थिए । फिनिसरको लागि अनुभवी अलराउन्डर राखेका थिए । नदिमले ९ बलमा ५ चौकासहित २४ रन बनाएका थिए । नदिम अघि मेहरान खानलाई पठाएका थिए । खानले ३ बलमा १ चौका र १ छक्कासहित १० रन जोडेका थिए । अन्तिम समयमा त्यो १० रन ओमानको लागि निकै महत्वपूर्ण सावित भएको थियो ।

१.सुरुवाती १० ओभरमा नेपालको कमजोर ब्याटिङ

टियुको पिचमा रन बनाउन ब्याटरलाई सहज हुन्छ । ब्याटिङ सहयोगी पिचमा १७०/८० रन सुरक्षित मानिदैन । २०२१ मा टि२० आई खेलमा टियुमा नेदरल्यान्ड्सले नेपालविरुद्ध २ सय ६ रनको सहज रन पूरा गरेको थियो । मलेसियाले नै नेपालविरुद्ध १ सय ६५ रन बनाएको थियो ।

नेपालले टस जितेर रोजेको ब्याटिङ थियो । पहिला ब्याटिङ रोज्नुले विशाल लक्ष्य बनाउने सोच स्पष्ट देखिन्छ । तर सुरुवात नेपालको राम्रो हुन सकेन । सुरुवाती ६० बलमा नेपालले ६० रन बनाउदा प्रमुख चार ब्याटर गुमाएको थियो । नेपालले अन्तिम ७ ओभरमा १ सय १८ रन जोड्दै राम्रो योगफल तयार पारेको थियो ।

तर टियुको उक्त पिचमा ओमानले एक समय सहज पूरा गर्ने देखिएको थियो । तर अन्तिम ओभरमा सन्दीपले एक रन आउटससहित दुई विकेट लिँदै ७ रन खर्चेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

नेपालको अन्तिम ७ ओभरले नै ब्याटिङ गर्न कति सहज थियो अनुमान लगाउन सकिन्छ । सुरुवाती १० ओभर अर्थात ६० बलमा गरेको कमजोर प्रदर्शन नेपालको हारको प्रमुख कारण हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.