default_image

2 years ago

November 8, 2023

इंग्ल्यान्डको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढ्यो

3309 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित हात पार्दै २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ । यो हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३४ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

ओपनर वेस्ली ब्यारेसी ६२ बलमा ३ चौका र १ छक्कासहित ३७, म्याक्स ओडाउड ५, कोलिन एकरम्यान शून्य, बास डि लिड १०, स्कट एडवार्ड्स ३८ र साइब्रांड एंगेलब्रेक्ट ३३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले ८ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । मोईन अलीले ८.२ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले दुई र क्रिस वोक्सले एक विकेट लिए ।

त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङको रोजेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेले ।

सातौं विकेटका लागि स्टोक्स र क्रिस वोक्सले ८१ बलमा १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए । वोक्स ४५ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

ओपनर डेविड मलान ७४ बलमा १० चौका र २ छक्कासहित ८७ रनमा रन आउट भए । ओपनर जोनी बेयरस्टो १५, जो रुट २८, ह्यारी ब्रुक ११, जस बटलर ५ र मोईन अली ४ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए । अर्यान दत्तले १० ओभरमा ६७ रन खर्चेर २ विकेट लिए । लोगन भान बिकले १० ओभरमा ८८ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले एक विकेट लिए ।

इंग्ल्यान्ड ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौं स्थानमा छ । बंगलादेश ८ खेलमा ४ अंकका साथ आठौं स्थानमा छ । श्रीलंका र नेदरल्यान्ड्स पनि ४-४ अंक भएपनि नवौं र पुछारमा छन् ।

सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी यस विश्वकपका पाकिस्तान बाहेक शीर्ष ७ टोलीले खेल्न पाउनेछन् । अव इंग्ल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स मध्य दुई टोलीले खेल्न पाउनेछन् । सबै टोलीले समान एक खेल खेल्न बाँकी छ । यो जितले इंग्ल्यान्डको नेटरनरेटमा सुधार भएको हुँदा सम्भावना बढेको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.