2 years ago
November 9, 2023
एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग भिड्ने पक्कापक्की जस्तै भएको छ । न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएपछि सेमिफाइनलमा भारतसँगको भेट पक्का जस्तै भएको हो । यद्यपी न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न औपचारिकता भने बाँकी छ ।

भारत ८ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । अष्ट्रेलिया ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।
न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ पाँचौं स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ०.७४३ र पाकिस्तानको ०.०३६ छ ।
पाकिस्तानले न्युजिल्यान्डलाई नेटरनरेटमा पछि पार्न अन्तिम खेलमा शनिबार इंग्ल्यान्डलाई कम्तिमा २ सय ८७ रनले हराउनु पर्ने हुन्छ । यदि इंग्ल्यान्डलाई १ सय ५० भन्दा कम रनमा रोके पाकिस्तानले उक्त लक्ष्य ३.४ ओभरमा पूरा गर्नुपर्ने हुन्छ ।
पाकिस्तानले २ सय माथिको योगफल ७ ओभरमा पूरा गर्नुपर्ने हुन्छ । त्यसैले पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरिन औपचारिकता बाँकी देखिन्छ ।

उता अफगानिस्तान सेमिफाइनल खेल्न अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकालाई ४ सय ३८ भन्दा बढी रनले हराउनु पर्ने हुन्छ । पाकिस्तान र अफगानिस्तान दुबैको सेमिफाइनल समिकरण असम्भव देखिन्छ ।
त्यसैको कारण पहिलो सेमिफाइनल खेलमा वानखडे स्टेडिम मुम्बईमा १५ नोभेम्बरमा भारत र न्युजिल्यान्ड भिड्ने पक्का छ । १६ नोभेम्बरमा इर्डेन गार्डेन कोलकातामा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।
२०१९ को विश्वकपमा पनि न्युजिल्यान्डले पाकिस्तानलाई नेटरनरेटमा पछि पारेको थियो । दुबै टोलीको समान ११ अंक भएपनि नेटरनरेटको कारण न्युजिल्यान्डले सेमिफाइनल खेलेको थियो ।
न्युजिल्यान्डले २०१९ को विश्वकपमा भारतलाई १८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । जितको लागि २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत २ सय २१ रनमै अल आउट भएको थियो । सन् २००० यता न्युजिल्यान्डले भारतलाई सबै नक आउट खेलमा हराउँदै आएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]