default_image

2 years ago

November 10, 2023

अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

2005 views

0 Bookmark

एजेन्सी – राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

२ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

रस्सी भान डेर डुसेन ९५ बलमा ६ चौका र १ छक्का सहित ७६ रनमा अविजित रहे । एन्डिले फेहलुकवायोले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३९ रनमा नटआउट रहे ।

ओपनर क्विन्टन डी ककले दक्षिण अफ्रिकालाई राम्रो सुरुवात दिँदै ४७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले आफ्नो इनिङ्समा ३ चौकासहित २८ बलमा २३ रन बनाए ।

एडेन मार्क्रमले २५ रनको योगदान दिए भने हेनरिक क्लासनले १० रन बनाए । डेभिड मिलरले राम्रो सुरुआत गर्दै २४ रन बनाए ।

अफगानिस्तानका लागि रसिद खान र मोहम्मद नाबीले समान २ र मुजिब उर रहमानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले आक्रामक सुरुवात गरेक थिए । महाराजले आफ्नो पहिलो बलमा नै गुरबाजलाई २५ रनमा क्याच आउट गराए।

कोटजीले अर्को ओभरमा इब्राहिमलाई पभिलियन फर्काएपछि र महाराजले कप्तान हस्मातुल्लाह शाहिदीलाई २ रनमा क्याच गराएपछि अफगानिस्तान ४१-० बाट ४५-३ को स्तिथिमा पुग्यो।

रहमत शाहले अजमातुल्लाहसँग ४९ रनको साझेदारीमा पुन: निर्माण गर्ने प्रयास गरे तर २६ रनमा फास्ट बलर लुंगी एनगिडीको बलमा आउट भए।

अफगानिस्तानलेलाई खतराबाट पार लगाउन अजमातुल्लाहले दृढ इनिङ्स खेले। उनले रशिद खान (१४) र त्यसपछि नूर अहमद (२६) को साथमा विपक्षी बलिङलाई विफल पार्न महत्वपूर्ण भूमिका खेले।

२३ वर्षीय अजमातुल्लाहले एकदिवसीयमा आफ्नो सबैभन्दा उत्कृष्ट इनिङ्ग खेले तर अन्तिम ओभरमा मात्र एक रन बनाउन सकेपछि शतक बनाउनबाट चुक्दै ९७ रन बनाए।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ विकेट लिए । लुंगी एनगिडी र केशव महाराजले समान २ एन्डिले फेहलुकवायोले एक विकेट लिए ।

यसअघि नै विश्व कपको सेमीफाइनल पुगिसकेको दक्षिण अफ्रिकाले राउण्ड रोबिन चरणमा ९ खेलबाट ७ जितसहित १४ अंक बनाएको छ । अफगानिस्तानले ९ मध्य तीन खेल जित्न सफल भयो।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.