2 years ago
November 11, 2023
एजेन्सी – आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानविरुद्ध इंग्ल्याण्डले ठूलो स्कोर योगफल खडा गरेको छ । इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनाएको छ ।

इङ्ल्यान्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए । स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए ।
रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए । ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए ।
अर्का ओपनर डेविड मलानले ३९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए । ह्यारी ब्रुकले १७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे । कप्तान जोस बटलरले पनि १८ बलमा २७ रन थपे ।

डेभिड विलीले ५ बलमा १५ रन बनाए । मोइन अलीले रन बनाउन सके भने गस एटकिन्सन शून्यमा आउट भए। क्रिस वोक्स ४ रन र आदिल राशिद बिना रन नटआउट रहे ।
पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले २/२ विकेट लिए । यस्तै इफ्तिकार अहमदले एक विकेट लिए ।
इंग्ल्याण्ड यसअघि नै विश्व कपबाट बाहिरिएको थियो । शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीका लागि भने छनोट भएको छ। पाकिस्तानको विश्व कप सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]