2 years ago
November 11, 2023
एजेन्सी – आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो खेलमा शनिबार अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

३ सय ७ रनको ठूलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४४.२ ओभरमा मात्र २ विकेट गुमाएर ३२ बल बाँकी रहँदै खेल जितेको हो ।
यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाको जितमा मिचेल मार्सले शतकिय इनिङ खेले । मार्स १ सय ३२ बलमा १ सय ७७ रनको शानदार इनिङका साथ नट-आउट रहे। उनले १७ चौका र ९ छक्का प्रहार गरे । स्टिभ स्मिथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाएर अविजित रहे।
ओपनर डेभिड वार्नरले पनि ६१ बलमा ६ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले। अर्कोतर्फ उनका ओपनिङ पार्टनर ट्राभिस हेड १० रनमै आउट भए ।
बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुए रहमानले समान विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो ।
बंगलादेशका लागि तौहिद हृडोयले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । शाकिब अल हसनको अनुपस्थितिमा आजका कप्तान रहेका नजमुल हसन शान्तोले ५७ बलमा ६ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यसैगरी, ओपनर तान्जिद हसन र लिट्टन दास दुबैले समान ३६ रन बनाए।
महमुदुल्लाहले २१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३२ रन बनाए । मेहिदी हसन मिराजले २९ र मुस्फिकुर रहिमले २१ रन बनाए । नसुम अहमद ७ रनमा आउट भए । महेदी हसन २ र तस्किन अहमद बिना कुनै रन नटआउट रहे ।
अष्ट्रेलियाका लागि सन एबोट र एडम जाम्पाले समान २ र मार्कस स्टोइनिसले १ विकेट लिए ।
बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अष्ट्रेलियाको प्रतिद्वन्द्वी पनि तय भइसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]