2 years ago
November 11, 2023
अर्जुन कार्की, बागलुङ
कास्की जिल्लाले गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टि २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
नवलपुरलाई शनिबार भएको फाइनलमा ८ विकेटले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।

९१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कास्कीले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । कास्कीका मुस्कान थापाले २४ र अभिषेक थापा १७ रनमा नटआउट रहे।
किरण पौडेलले २३ र सिभरिन श्रेष्ठले २२ रन बनाए । नवलपुरका कप्तान कमल परियार र शिशिर भुसालले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नवलपुर १८.४ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा बनाएको थियो । नवलपुरको लागि अनिष गुरुङले १७ , दिपक डुम्रेले १४ रन, अप्राजित पौडेलले १२ रन बनाए ।
कास्कीका कप्तान विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारी र किरण पौडेलले समान २ र नितेश गिरी र अभिषेक थापाले समान १ विकेट लिए । कास्कीले उपाधि सहित १ लाख १ हजार १ सय ११ र पनवलपुरले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
कास्कीका कप्तान विपिन म्यान अफ दि सिरिज र उत्कृष्ट बलर चुनिए । उनले ४ खेलमा १३ विकेट लिनुका ५० रन बनाएका थिए । उनले म्यान अफदी सिरिजको १० र उत्कृष्ट बलरको ५ हजार रुपैयाँ प्राप्त गरे ।
तनहुँका दिनेश बुढा मगर उत्कृष्ट व्याट्सम्यान बन्दै ५ हजार रुपैयाँ प्राप्त गरे । बुढाले प्रतियोगितामा १ सय १३ रन बनाएका थिए ।
बागलुङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध रहेका गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता थियो ।
बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, नगर खेलकुद समितिका संयोजक सुरज बोसेल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देल, बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद अचार्यले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]