2 years ago
November 20, 2023
एजेन्सी – अष्ट्रेलिया ओपनर ट्रविस हेड आइसिसी उपाधिमा भारतको पुन टाउको दुखाइ बन्दै बाधक बनेका छन् ।

अष्ट्रेलियाले आइतबार राती घरेलुु टोली भरतलाई ६ विकेटले हराउदै छैटौं पटक विश्वकपको उपाधी जितेकोछ ।
लिगमा एक खेल नहारे पनि भारतले फाइनलमा पुगेर हारेको हो । अष्ट्रेलियाले भने सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेपछी सानदार पुनरागमन गर्दै उपाधी जित्यो ।
भारतलाई हराउन हेड ब्याटिङ र फिल्डिङ दुबैमा नायक बने । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

अष्ट्रेलियालाई जिताउन हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकिय इनिङ खेले ।
मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया सुरुवात भने कमजोर रह्यो । एक समय ७ ओभरमा ४७-३ को अवस्थामा पुगेपनी हेडले मार्नस लाबुसेनसँग चौथो विकेटका लागि १ सय ९२ रनको सानदार शतकीय साझेदारी गर्दै जित पक्का गराए ।
उता भारतले टस हारेर पहिला ब्याटिङ गर्दा विस्फोटक सुरुवात गरेको थियो । कप्तान रोहित शर्माले उत्कृष्ट सुरुवात दिलाएका थिए ।
स्पिनर ग्लेन म्याक्सवेलको दशौं ओभरको चौथो बलमा ठुलो शर्ट खेल्ने धुनमा कभरमा रोहित ४७ रनमा क्याच आउट भए । हेडले लामो दौडका साथ ड्राइभ हान्दै उत्कृष्ट क्याच लिए ।
त्यो नै खेलको प्रमुख टनिङ प्वाइन्ट थियो । रोहितले ३१ बलमा ४ चौका र ३ छक्का हाने ।

हेड यो वर्ष दुई ठुला फाइनल खेलमा भारतविरुद्द प्लेयर अफ द म्याच चुनिएका छन् । पाँच महिना अघिअष्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि २ सय ९ रनको सानदार जितका साथ उपाधि जितेको थियो ।
मध्यक्रममा ब्याटिङ गर्दै पहिलो इनिङमा ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेल्दै प्लेयर अफ द फाइनल चुनिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]