default_image

2 years ago

November 22, 2023

विवेकले अब आर्मीबाट खेल्ने

5039 views

0 Bookmark

काठमाडौँ( हाम्रो खेलकुद ) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर विवेक यादवले अब घरेलु क्रिकेट त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् ।

मधेश प्रदेशले केपि ओली कप टि२० प्रतियोगिता खेल्ने टोली घोषणा गर्दा विवेक टोलीमा छैनन् । मधेश प्रदेशका सचिव आयुश श्रेष्ठले विवेक आर्मीमा गएको हुँदा टोलीमा नभएको जानकारी हाम्रो खेलकुदलाई दिएकाछ्न् ।

आर्मीका कप्तान विनोद भन्डारीले अन्तिम टोली पक्का हुन बाकि रहेपनी विवेकले आर्मीबाट खेल्ने पक्का भएको जनाएका छन् ।

विवेकले मधेशबाट यु१६, यु१९ हुँदै २०२२ सम्म सिनियर टोलीबाट घरेलु क्रिकेट खेलेका थिए । २०२१ को पिएम कपमा लगातार तीन अर्धशतक प्रहार गर्दै सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए । विवेकले २०२२ मा ओमान भ्रमणमा नेपाली टोलीमा डेब्यु गरेका थिए ।

केही साता अघि विवेकले आइसिसि टि२० विश्वकप छनोटमा समूह चरणमा नेपाललाई अन्तिम ओभरमा २६ रन चाहिंदा बिलाल खानलाई सुरुवाती तीन बलमा लगातार तीन छक्का हानेपछि उनको चर्चा झनै चुलिएको थियो ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।

समूह ए मा बागमती, कर्णाली, मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेड छन् । समूह बि मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह सि म नेपाल पुलिस क्लव, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोली सेमिफाइनल खेल्ने छन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.