default_image

2 years ago

November 22, 2023

अनिल र पवनलाई समेट्दै मधेशको टोली घोषणा

8112 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीबाट खेली सकेका विकेटकिपर अनिल कुमार शाह र अलराउन्डर पवन सरार्फलाई समेट्दै मधेश प्रदेशले केपि ओली कप टि२० प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।

युवा अलराउन्डर विवेक यादव भने आर्मीमा गएको हुँदा मधेशको टोलीमा छैनन् । अनिल दुइ वर्ष अघि नेपाल पुलिस क्लव छाडेर मधेश फर्किएका थिए । उनले मधेशको टोलीबाट गत वर्ष प्रधानमन्त्री कप खेलेका थिए । अनिलले यसै वर्षदेखि पुलिस छाडेका हुन् ।

मधेशबाट सुरुवात गरेका यी दुई खेलाडी एपिएफ, पुलिस हुँदै पुन प्रदेशमै फर्किएका हुन् । मधेशको कप्तानी भने हरि शंकर शाहले गर्नेछन् । गत वर्ष मनोज प्रभाकर मुख्य प्रशिक्षक हुदा हरिले सिनियर टोलीबाट डेब्यु गरेका थिए ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा मंसिर ८ देखि १५ गतेसम्म पोखरा रंगशालामा क्रिकेट प्रतियोगिता हुनेछ ।

समूह ए मा बागमती, कर्णाली, मदन भन्डारी स्पोर्ट्स एकेडेमी रेड छन् । समूह बि मा एपिएफ, गण्डकी र लुम्बिनी प्रदेश छन् । समूह सि म नेपाल पुलिस क्लव, सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश छन् ।

आर्मी, कोशी र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् । हरेक समुह शिर्ष टोली सेमिफाइनल खेल्ने छन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

मधेशको टोली :

हरि शंकर शाह(कप्तान), इमरान शेख, मयन यादव, अनिल कुमार शाह, पवन सरार्फ, प्रकेश कामत, विशाल शुश्लिङ, रोहन बिक, विशाल पटेल, प्रतिभ यादव, रुपेश सिँह, साम्साद अन्सारी, प्रदीप पासवान र हिमान्शु दत्त ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.