default_image

2 years ago

November 23, 2023

इंग्लिसको सानदार शतकमा भारतलाई विशाल लक्ष्य

9736 views

0 Bookmark

एजेन्सी – विकेटकिपर जोश इंग्लिसको सानदार शतकमा अष्ट्रेलियाले पहिलो टि२० आईमा घरेलु टोली भारतलाई २ सय ९ रनको विशाल लक्ष्य दिएकोछ ।

विशाखापट्नममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो ।

अष्ट्रेलियाका लागि विकेटकिपर जोश इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । उनको अन्तरास्ट्रिय करिअरको पहिलो शतक हो । उनले ४७ बलमा शतक पूरा गरेका थिए ।

ओपनर म्याथ्यु शर्ट ११ बलमा ३ चौकासहित १३ रनमा रवि विश्वोइको बलमा बोल्ड आउट भए ।

दोस्रो विकेटका लागि स्टिभ स्मिथ र जोश इंग्लिसले ६६ बलमा १ सय ३० रनको शतकिय साझेदारी गरेका थिए । स्मिथ ४१ बलमा ८ चौकासहित ५२ रनमा रन आउट आउट भए । टिम डेविड १९ र मार्कस स्टोइनिस ७ रनमा नट आउट रहे ।

भारतका प्रसिद्ध कृष्णाले ४ ओभरमा ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । रवि विश्वोईले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.