default_image

8 months ago

November 24, 2023

एपीएफ गण्डकीसँग १ सय १ रनमा अल आउट

4876 views

0 Bookmark


काठमाडौँ ( हाम्रो खेलकुद ) – घरेलु टोली गण्डकी प्रदेशले केपी ओली कपमा विभागीय टोली नेपाल एपीएफ क्लवलाई १ सय १ रनमा अल आउट गरेकोछ ।

पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ १८.४ ओभरमा १ सय १ रनमा अल आउट भयो ।

एपीएफका कप्तान प्रदीप ऎरि २३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाए । आसिफ शेख १२, सन्दिप जोरा डक, लोकेश बम १२, भुवन कार्की र सुमित महर्जन १४-१४ रनमा आउट भए ।
अरुण ऎरि र अमर रौटेलाले ५-५ रन वनाए ।

गण्डकीका बिपिन खत्री, अमृत गुरुङ, चन्द्रकान्त पौडेल र कमल परियारले २-२ विकेट लिए । दिनेश बुढामगर र सुदिप अर्यालले १-१ विकेट लिए ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.