default_image

8 months ago

November 27, 2023

आइपिएल अक्सनमा बढीमा ३० विदेशी खेलाडी बिक्री हुने

8653 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अक्सनमा बढीमा ३० विदेशी खेलाडी विक्री हुने भएका छन् । आपिएलको अक्सन आगमी डिसेम्बर १९ मा हुँदैछ ।

हरेक फ्रेन्चाइज टोलीले टोलीमा बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् । सबै फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज टुङ्गो लगाएका छन् । यस पटकको आइपिएल अक्सनमा बढीमा ३० विदेशी खेलाडी बिक्री हुनेछन् । भारतीय बढीमा ७७ खेलाडी बिक्री हुनेछन् ।

अक्सनमा कोलकाता नाइट राइडर्स, रोयल च्याल्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सले ४–४ विदेशी खेलाडी किन्न पाउने कोटा बाँकी छ । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादसँग ३–३ विदेशी खेलाडी किन्न बाँकी कोटा छ ।

गुजरात टाइटन्स, लखनऊ सुपर जायन्ट्स र पन्जाब किंग्ससँग २–२ विदेशी खेलाडी किन्न पाउने कोटा बाँकीछ ।
अक्सनमा कोलकाताले भारतीय बढीमा १२ खेलाडी किन्न पाउनेछ । मुम्बई, पन्जाब र कोलकाताले अव ८–८ भारतीय खेलाडी किन्न पाउनेछन् ।

दिल्लीले ९, गुजरात र बेंगलोरले ७–७ भारतीय खेलाडी किन्न पाउने कोटा छ । चेन्नई, लखनऊ र हैदराबादले ६–६ भारतीय खेलाडी किन्न पाउनेछन् । एक टोलीले ८ विदेशीसहित बढीमा २५ खेलाडी टोलीमा राख्न सक्छन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.