default_image

2 years ago

November 28, 2023

भीमको उत्कृष्ट ब्याटिङमा आर्मीको विशाल योगफल

18736 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले केपी ओली कप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । आर्मीका भीम सार्कीले २४ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

आर्मीलाई युवा ओपनर सन्तोष कार्कीले ४१ बलमा ५ चौका र २ छक्कासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी १६ बलमा १ चौका र २ छक्कासहित १७ तथा रोहित पौडेल १५ बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

विवेक यादव १, सन्दीप रजाली र कुशल मल्ल ७-७ रनमा आउट भए । साहब आलम ८ र सोमपाल कामी ३ रनमा नट आउट रहे ।

कोशी प्रदेशका श्रवण यादवले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । कमल खत्रीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले एक एक विकेट लिए । यस खेलको आर्मी विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.