default_image

2 years ago

November 28, 2023

दीपेन्द्र नहुँदा पुलिस पहिलो पटक समूह चरणबाटै बाहिरियो

7568 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी नहुँदा नेपाल पुलिस क्लब राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएको पुलिस पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको हो ।

समूह सी मा सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेशसँग नेटरनरेटमा पछि पर्दै पुलिस बाहिरिएको हो । २०६७ साल देखी घरेलु क्रिकेट खेल्न थालेको पुलिसले राष्ट्रिय स्तरका प्रतियोगितामा कम्तिमा सेमिफाइनल खेल्दै आएको थियो ।

नेपालको प्रमुख घरेलु प्रतियोगिता प्रधानमन्त्री कपका पाँच संस्करणमा पुलिसले २०१९ मा उपाधि र २०१७ मा आर्मीसँग संयुक्त रुपमा बाँडेको थियो । २०१८, २०२२, २०२१ को संस्करणमा सेमिफाइनलबाट बाहिरिदै आएको थियो । २०२२ मै प्रधानमन्त्री कप टि२० प्रतियोगितामा पुलिस फाइनलमा एपिएफसँग हारेको थियो ।

काठमाडौं मेयर्स कप २०२१ को फाइनलमा पुलिसले एपिएफलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ देखी विभागीय टोलीले सहभागीता जनाउँदै आएका छन् ।

छैटौं, सातौं र आठौं खेलकुदको स्वर्ण एपिएफले जितेको थियो । पुलिस सेमिफाइनलमा पुगेर रोकिएको थियो । गतवर्ष दीपेन्द्रले पुलिसमा डेब्यू कप्तानी गर्दै नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जिताएका थिए ।

क्लब स्तरिय प्रतियोगितामा भने पुलिस २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । २०२२ मा भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा पुलिस तीन खेलमा जित विहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो । त्यो समय रुपन्देही ११, मलेसिया क्लब ११ र पुष स्पोर्ट्स दिल्लीसँग पराजित हुँदै बाहिरिएको थियो । तर त्यो क्लबस्तरिय प्रतियोगिता थियो ।

२०६७ देखी २०७९ सम्म पुलिसको कप्तानी मञ्जित श्रेष्ठले गरेका थिए । नवौं राष्ट्रिय खेलकुद देखी दीपेन्द्रले पुलिसको कप्तानी गरेका थिए । दीपेन्द्र एक महिना अघि टियु क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध खेल्नु अघि बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।

दीपेन्द्रले करिअर नै जोखिम बोकेर युएईविरुद्ध सेमिफाइनल खेलेका थिए । समूह चरण र फाइनल खेलेका थिएनन् । सेमिफाइनलमा युएईलाई हराए टि२० विश्वकप खेल्न पाउने हुँदा उक्त जोखिम लिएका थिए । नेपालले सहज जित हात पार्दा दीपेन्द्रले ब्याटिङ र बलिङ भने गर्नु परेको थिएन ।

त्यसैको कारण दीपेन्द्र नहुँदा उपकप्तान आरिफ शेखले केपी ओली कपमा टोलीको कप्तानी गरेका थिए । केपी ओली कपमा पुलिसको टोलीमा नेपाली टोलीबाट नियमित खेल्ने कुशल भुर्तेल, करण केसी, आरिफ शेख र ललित नारायण राजवंशी थिए ।
नेपालको लागि खेलि सकेका सुनिल धमला, सागर ढकाल, अर्जुन साउद, दीलिप नाथ र राशिद खान पनि केपी ओली कपमा पुलिसको टोलीमा थिए ।

नेपालबाट नखेलेका प्रेम तामाङ र शंकर राना थिए । यी दुबैले यू१९ नेपाली टोलीबाट खेलेका छन् । मधेश प्रदेशलाई कुशल भुर्तेलको शतकको सहयोगमा ५७ रनले हराएको थियो । तर सुदूर प्रदेशसँगको हार ठूलो भारी परेको हो । दीपेन्द्र बाहेक अन्य सबै पहिलो रोजाईका खेलाडीले केपी ओली कप खेलेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.