2 years ago
December 3, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा बोल्ड आउट भए । तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले २१ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए । ओपनर यशस्वी जैसवाल १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए ।
तीव्र गतिका बलर जेसन बेहरनडोफको बलमा टप एज लागेर नाथन एसिलबाट क्याच आउट भए । ऋतुराज गायकवाड १२ बलमा २ चौकासहित १०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए ।
अष्ट्रेलियाका जेसन बेहरनडोफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । बेन ड्वारशइसले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नाथन एलिस, तनविर संघा र आरोन हार्डीले १–१ विकेट लिए । पाँच खेलको सिरिजमा भारतले ३–१ को अग्रता लिँदै सिरिज जिति सकेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]