default_image

2 years ago

December 4, 2023

लिटल फ्लावर प्रिमियर लिगः धनगढी डर्बीको विजयी सुरुवात

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को दोस्रो दिन धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गरेका थिए ।

दिनको पहिलो खेलमा समूह बी अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गरेको थियो । फाप्ला क्रिकेट मैदानमा जितको लागि १ सय २५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनायो ।

धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ४ विकेट लिए । अनिश अवस्थी र मान साउदले २र२ विकेट लिए। कैलालीको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनगढीको लागि कप्तान विजय रानाले ओपनिङ ब्याटिङ गर्दै सर्वाधिक २६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । हृतिक थापाले ३० बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।

निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २-२ विकेट लिए।

दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो । धनगढी स्पोर्ट्सले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला १५.२ ओभरमा ९४ रनमा अल आउट भयो ।

कैलालीका दीपक टमाटाले सर्वाधिक ३३ रन तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए। भोज राज भट्ट र दिपक चन्द ठकुरीले ३र३ विकेट लिए । नारायण जोशीले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । धनगढीको लागि ओपनर आयुष्मान बमले सर्वाधिक ३४ बलमा ५ चौका र २ छक्का सर्वाधिक ४५ रन बनाए ।

नारायण जोशीले २५ बलमा ३५ रन बनाउने क्रममा ३ चौका र २ छक्का तथा आयुब चन्दले २९ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । सुनिल धमलाले २५ रन बनाए। कैलालीका नरेन साउदले सर्वाधिक ३ विकेट लिए । राहुल केसी र डबल ऐरले १-१ विकेट लिए।

प्रतियोगितामा मंगलबार दुई खेल संचालन हुनेछन् । पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमांचल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोर बीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.