2 years ago
December 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को दोस्रो दिन धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गरेका थिए ।

दिनको पहिलो खेलमा समूह बी अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गरेको थियो । फाप्ला क्रिकेट मैदानमा जितको लागि १ सय २५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ८१ रन बनायो ।
धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ४ विकेट लिए । अनिश अवस्थी र मान साउदले २र२ विकेट लिए। कैलालीको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । धनगढीको लागि कप्तान विजय रानाले ओपनिङ ब्याटिङ गर्दै सर्वाधिक २६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए । हृतिक थापाले ३० बलमा ५ चौका र १ छक्कासहित ३७ रनमा अविजित रहे ।
निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २-२ विकेट लिए।
दोश्रो खेलमा समुह ‘ए’ अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गर्यो । धनगढी स्पोर्ट्सले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला १५.२ ओभरमा ९४ रनमा अल आउट भयो ।
कैलालीका दीपक टमाटाले सर्वाधिक ३३ रन तथा बिनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए। भोज राज भट्ट र दिपक चन्द ठकुरीले ३र३ विकेट लिए । नारायण जोशीले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । धनगढीको लागि ओपनर आयुष्मान बमले सर्वाधिक ३४ बलमा ५ चौका र २ छक्का सर्वाधिक ४५ रन बनाए ।
नारायण जोशीले २५ बलमा ३५ रन बनाउने क्रममा ३ चौका र २ छक्का तथा आयुब चन्दले २९ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । सुनिल धमलाले २५ रन बनाए। कैलालीका नरेन साउदले सर्वाधिक ३ विकेट लिए । राहुल केसी र डबल ऐरले १-१ विकेट लिए।
प्रतियोगितामा मंगलबार दुई खेल संचालन हुनेछन् । पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमांचल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोर बीच हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]