1 year ago
December 6, 2023
एजेन्सी – दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले आगामी २०२४ जुनमा हुने टि२० विश्वकपको लागि टोलीमा फर्किने संकेत दिएका छन् । ३९ वर्षीय उनले अन्तर्राष्ट्रिय क्रिकेटमाको रुपमा २०२४ को विश्वकप खेल्ने संकेत दिएका छन् ।
२०२१ को टि२० विश्वकपमा नपरेपछि उनी टोेलीबाट बाहिर रहँदै आएका थिए । डु प्लेसिस २०२४ को टि२० विश्वकपमा दक्षिण अफ्रिका टोलीबाट खेल्ने संकेत दिएका हुन् । उनले हाल दुबईमा जारी टि१० क्रिकेट खेलेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन सक्नेमा मलाई विश्वास छ, ‘डु प्लेसिसले भनेका छन् । त्यसैमा थपेका छन्, ‘हामी यस बारे विगत केहि वर्षदेखी कुरा गर्दै आएका छौं । निश्चित रुपमा हामीले नयाँ प्रशिक्षकसँग कुराकानी गरेका छौं ।’
डु प्लेसिसले गत वर्ष आइपिएलमा रोयल च्यालेन्जर्स बेंगलोरबाट कप्तानी गर्दै सानदार प्रदर्शन गरेका थिए । आइपिएलमा उनले गतवर्ष १४ खेलमा ७ सय ३० रनका साथ सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानम थिए । शुभमन गिलले १७ खेलमा ८ सय ९० रनका साथ शीर्ष स्थानमा थिए ।
डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ ओडिआई र ५० टि२० आई खेल खेलेका छन् । २०२० डिसेम्बर देखी उनले दक्षिण अफ्रिकाबाट टि२० आई खेल भने खेलेका छैनन् ।
दक्षिण अफ्रिकाको टोलीमा हेनरिक क्लासेन, क्विन्टन डि कक, एडेन माक्ररम र डेविड मिलर जस्ता टि२० खेलाडी छन् । डु प्लेसिसको आगमनले दक्षिण अफ्रिका ब्याटिङ झनै मजबुत हुने देखिन्छ ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर स्टेफन स्किनाजीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध शनिवार सहज निकाल्दै काठमाडौं गुर्खाज नेपाल प्रिमियर लिग(एनपिएल) को प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा काठमाडौंले पोखरामाथि ६ विकेटको सहज जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । काठमार्डौका ओपनर स्किनाजीले सर्वाधिक […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को शनिवारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको […]
December 14, 2024
एजेन्सी – ओपनर रिजा हेन्ड्रिक्सको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पनि शुक्रवार पाकिस्तानलाई पराजित गरेको छ। योसँगै दक्षिण अफ्रिकाले अन्तिम खेलअघि नै सिरिज जितेको छ। दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ७ विकेटको जित हात पार्यो । २ सय ७ रनको फराकिलो लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा […]