2 years ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना खेल्ने आइसिसी यू–१९ विश्वकपको खेल तालिका परिवर्तन भएको छ । श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो । दक्षिण अफ्रिकामा यू१९ विश्वकप आयोजना हुने भएसँगै खेल तालिका र मिति परिवर्तन भएको हो ।
समूह भने परिवर्तन भएको छैन । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । विश्वकप अव १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुने भएको छ ।
नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । २४ जनवरीमा नेपालले पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल २६ जनवरीमा खेल्नेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।
समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् । समूह बी र सी का सुपर सिक्समा हुनेछन् । हरेका समूहमा पुछारका टोलीले १२ देखी १६ औं स्थानमा लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपाली युवा टोली हाल युएईमा एसिसी यू१९ एसिया कप खेलेको छ । सुरुवाती दुई खेलमा नेपाल अफगानिस्तान र पाकिस्तानसँग हार्न पुगेको थियो ।
नेपालले अन्तिम खेल भारतसँग खेल्नेछ । उक्त खेलमा विशाल जित हात पार्न सके र अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराए सेमिफाइनल खेल्न सक्नेछ । एसिया कपपछि स्वदेश फर्किएपछि युवा टोली केहि दिनको तयारीपछि विश्वकप खेल्न जानेछ ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]