2 years ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको लागि भएको बागमती प्रदेश छनोट अन्तर्गत इलिट ट्रफीको उपाधि बागमती रेडले जितेको छ । सोमबार फाइनलमा रेडले बागमती ग्रीनलाई ३४ रनले हराउँदै बागमती इलिट ट्रफीको उपाधि जितेको हो ।

तल्लोमुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको रेडले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । बागमतीको लागि ओपनर हेलिसा गुरुङले ६८ बलमा सर्वाधिक ७८ रन बनाइन् । अर्की ओपनर अस्मिता खरेलले ४२ बलमा ३६ रन बनाएकी थिइन् ।
ग्रीनको लागी तीव्र गतिकी बलर विपिशा शाहीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिइन् । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको ग्रीनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनायो ।
ग्रीनकी ओपनर तथा कप्तान कन्चन श्रेष्ठले ४४ बलमा सर्वाधिक ३२ रन बनाइन् । श्रीजा घिमिरले १४ बलमा १२ रन बनाइन् । रेडका लागि पार्वती खत्र्री र मनिषा उपाध्ययले समान दुई विकेट लिए ।

ग्रीनकी कप्तान कन्चन श्रेष्ठ प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिन् । विपिशा शाही ७ विकेटका साथ उत्कृष्ट बलर चुनिन् । हेलिसा गुरुङ प्रतियोगिता सर्वोत्कृष्ट (प्लेयर अफ द सिरिज) चुनिएकी थिइन् । रेडलाई उपाधि जिताउन उनले दुई अर्धशतकसहित कुल १ सय ६२ रन बनाएकी थिइन् ।
बागमती प्रदेशको आयोजना र बागमती प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा प्रधानमन्त्री कपको लागि छनोट भएको छ । बागमती प्रदेशले चार जिल्लाबीच छनोट चितवनमा गराएको थियो ।
बागमती प्रदेश छनोटको उपाधि काठमाडौंले जितेको थियो । काठमाडौं, भक्तुपर, ललितपुर र चितवन बागमती प्रदेश छनोटमा सहभागी भएका थिए । प्रतियोगिता लिगको आधारमा भएको थियो ।
इलिट ट्रफीमा बागमती प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट तीन टोली, रेड, ब्ल्यू र ग्रीन गरि टिम निर्माण गरि सिंगल राउन्ड रोविनको आधारमा इलिट ट्रफीको गरिएको थियो । बागमतीले अव नेपाल एपिएफ क्लबसँग तीन टि२० म्याचको सिरिज मंसिर २७, २८ र २९ मा खेल्नेछ । त्यसपछि पुष १ देखी सुरु हुने प्रधानमन्त्री कपमा सहभागीता जनाउनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]