2 years ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता काठमाडौं र भैरहवामा आगामी माघमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले माघ पहिलो साता काठमाडौं र भैरहवामा हुने जनाएकोछ ।

क्यानका सचिव पारस खड्काले रुपन्देही जिल्ला क्रिकेट संघलाई पत्र काट्दै पिएमकपका ८ देखी १० खेलहरु भैरहवामा हुने हुँदा मैदानको तयारी गर्न आग्रह गरेका छन् । यो पटक देखी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोलीहरु हुनेछन् ।
हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । एक टोलीले लिगमा ९ खेल खेल्नेछन् । पिएमकप पहिलो पटक राउन्ड रोविनको आधारमा हुन लागेको हो । यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गर्दै खेलाउँदै आएको थियो ।
सेमिफाइनल दुई दिवसीय र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ । अर्थात सेमिफाइनलका खेल दुई दिनको हुनेछ । फाइनल तीन दिनको हुनेछ । सेमिफाइनल र फाइनल डे शैलीमा हुने क्यानले जनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]