default_image

8 months ago

December 12, 2023

उपाधिका लागि चितवन र मकवानपुर भिड्ने

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भएको चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि२० सिरिजको उपाधीका लागी मकवानपुर र चितवन भिड्ने भएका छन । लिग चरणको अन्तिम खेल सकिएपछी चितवन अंकतालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । मकवानपुर नेट रनरेटका आधरमा दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो ।

मकवानपुरले पर्सालाई ७ विकेट तथा चितवनले नवलपुरलाई ३५ रनले हराउदै फाइनलमा स्थान बनाएका हुन् । आजको पहिलो खेलमा भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

पर्साका लागि नस्रुदिन अन्सारीले १६ बल खेल्दै १ छक्का र ३ चौकासहित सर्वाधिक २६ रन बनाए । सुरज कुर्मी र चन्दन रामले समान २४ रन जोडे । बलिङमा मकवानपुरका रिजन ढकालले ४ ओभरमा ६ रन खर्चिएर ४ विकेट लिए । असिम श्रेष्ठ, साकार गजुरेल, रोहित ठाकुर र इर्फान अलीले १र१ विकेट हात पारे ।

जितको लागि १ सय ४१ रनको ाविजयी लक्ष्य पछ्याएको मकवानपुरले १४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । मकवानपुरको जितमा ओपनरद्वय गौरव खड्का र सुभ कंसकारले १ सय ७ रनको शतकीय साझेदारी गरे । ३६ बल खेलेका सुभ कंसकारले ७ छक्का र ३ चौकाको मद्दतमा ६७ रन बनाउदै आउट भए । अर्का ओपनर गौरव खड्का ३६ बलमा ५ चौकासहित ४१ रनमा नटआउट रहे ।

बलिङमा पर्साका सैफुल्लाह अन्सारी र साम्सद अन्सारीले एकरएक विकेट लिए । मकवानपुरलाई जिताउन अर्धशतक प्रहार गरेका सुभ खेलको प्लेयर अफ द म्याच भए ।

आजको दोस्रो खेलमा चितवनले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नवलपुर ११ बल बाँकी छदा १ सय १८ रनमा अलआउट भयो । नवलपुरका लागि २५ बल खेल्दै कमल परियारले ५ छक्कासहित सर्वाधिक ४० रन बनाए । १८ बल खेलेका अभिनाश सापकोटाले ३ छक्का र १ चौका प्रहार गर्दै ३० रन जोडे ।

बलिङमा चितवनका संघर्ष पौडेलले ३, नरेश प्रधान र दिवस आचार्यले २र२ तथा दिपेश श्रेष्ठ र देव शाहले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५३ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर साकार ढकालले आक्रामक सुरुआत दिदै १० बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडे । अर्का ओपनर बिकल गुप्ता २४ रन बनाउदा अपरिचित पौडेलको बलमा क्लिन बोल्ड भए ।

त्यसपछि मध्यक्रममा प्रतिक श्रेष्ठ र दिपेश श्रेष्ठले ५३ रनको साझेदारी गर्दै चितवनको पारी सम्हालेका थिए । ४८ बल खेल्दै प्रतिकले ५ छक्का र ३ चौकाको मद्दतमा ६४ रन जोडे । २२ बलमा २ छक्का र १ चौका प्रहार गरेका दिपेश श्रेष्ठ २४ रन बनाउदा कमल परियारको बलमा एलबिडब्लु धरापमा परे ।
बलिङमा नवलपुरका कमल परियार, अभिनास सापकोटा, शिशिर भुषाल र अपरिचित पौडेलले समान १ विकेट लिए । अर्धशतक प्रहार गरेका प्रतिक श्रेष्ठ खेलको प्लेयर अफ द म्याच बने । प्रतियोगिताको फाइनल खेल बुधबार बिहान १० बजेदेखि सुरु हुनेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.