default_image

8 months ago

December 12, 2023

युवराज र किरणको उत्कृष्ट उत्कृष्ट

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर किरण ठगुन्ना र लेग स्पिनर युवराज खत्रीको उत्कृष्ट प्रदर्शनमा लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो ।

शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो । शुक्लाफाँटाले दिएको १ सय ८४ रनको विशाल विजयी लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन अल आउट भयो । कैलालीका नरेन साउदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शुक्लाफाँटाको बलिङमा बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २र२ विकेट लिए । भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १र१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । शुक्लाफाँटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले ४२ बलमा १० चौका र १ छक्कासहित ७० रन बनाए । बिशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए । कैलाली क्रिकेट क्लबको लागि बिनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए।

समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह ुएु बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ। दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।

आजको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित गर्यो। जितको लागि १ सय ७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो। धनगढी र शारदा दुवै टिम सेमिफाइनल दौडबाट बाहिरिएका छन् ।

शारदाका लागि अभिषेक मल्लले ४१ र जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ३.५ ओभरमा १६ रन खर्चिए ४ विकेट लिए। विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १र१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। धनगढीको ब्याटिङ मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, यूवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.