2 years ago
December 14, 2023
एजेन्सी – ओपनर डेविड वार्नरको सानदार शतकमा घरेलु टोली अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेलको पहिलो इनिङमा मजबुत ब्याटिङ प्रदर्शन गरेको छ ।

पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेट गुमाउँदै ३ सय ४६ रन बनाएको छ । ओपनर डेविड वार्नर २ सय ११ बलमा १६ चौका र ४ छक्कासहित १ सय ६४ रनको सानदार शतकीय इनिङ खेल्दै आउट भए ।
वार्नर आमेर जामलको बलमा इमाम उल हकबाट क्याच आउट भएका थिए । अर्का ओपनर उस्मान खवाजा ९८ बलमा ६ चौकासहित ४१ रनमा आउट भए ।
पहिलो विकेटका लागि वार्नर र खवाजाले १ सय २९ रनको शतकीय साझेदारी गरेका थिए । मार्नस लाबुसेन १६, स्टिभ स्मिथ ३१ र ट्रविस हेड ४० रनमा आउट भए ।
मिचेल मार्श १५ र एलेक्स केरी १४ रनमा क्रिजमा छन् । पाकिस्तानका लागि डेब्यू खेल खेलेका आमेर जामलले सर्वाधिक २ विकेट लिए । शाहिन शाह अफ्रिदी, खुराम शाहजाद र फहिम अशरफले १–१ विकेट लिए । पाकिस्तान र अष्ट्रेलियाबीच तीन टेस्ट खेलको सिरिज हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]