2 years ago
December 15, 2023
एजेन्सी – स्टार अलराउन्डर हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको नयाँ कप्तानमा नियुक्त भएका छन् । रोहित शर्मा अव खेलाडीको रुपमा मात्रै आइपिएल खेल्ने भएका छन् ।

रोहित २०१३ देखी २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए । रोहितको कप्तानीमा मुम्बईले पाँच पटक (२०१३, २०१५, २०१७, २०१९ र २०२० ) मा उपाधि जितेको थियो । चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनीले पनि पाँच उपाधि जिताएका छन् ।
हार्दिकले २०१५ मा मुम्बईको लागि डेब्यू गरेका थिए । मुम्बईलाई चार उपाधि दिलाउन हार्दिकको महत्वपूर्ण भूमिका थियो । २०२२ को मेघा अक्सनमा मुम्बईले सबैलाई आश्चर्य पार्दै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो ।
२०२२ मा गुजरात टाइटन्सबाट कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए । गत वर्ष उनको कप्तानीमा गुजरात फाइनलमा चेन्नईमा पराजित भएको थियो । दुई सिजन गुजरातमा बसेपछि पुन आफ्नो पुरानो टोलीमा फर्किका हुन् ।
२०१५ को अक्सनमा मुम्बईले हार्दिकलाई १० लाख भारुमा किनेको थियो । उनी १५ करोड भारुमा २०२२ मा गुजरातमा गएका थिए । मुम्बईमा पनि उनले १५ करोड भारुनै पाउनेछन् । आइपिएल अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । यस पटकको अक्सन निकै महत्वपूर्ण हुनेछ । पछिल्ला तीन सिजनमा भने मुम्बईले राम्रो प्रदर्शन गर्न सकेको छैन ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]