default_image

7 months ago

December 17, 2023

साल्टको शतकमा वेस्टइन्डिजमाथि इंग्ल्यान्डको रोमान्चक जित

1941 views

0 Bookmark

एजेन्सी – ओपनर फिलिप साल्टको शतकमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्ड २-१ ले पछि परेको छ ।

जितको लागि २ सय २३ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा फिलिप साल्टले ५६ बलमा ४ चौका र ९ छक्कासहित १ सय ९ रनको अविजित शतकीय इनिङ खेले । उनको यो टि२० आई अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो ।

कप्तान जस बटलर ३४ बलमा ५ चौका र २ छक्कासहित ५१ रनमा आउट भए । पहिलो विकेटका लागि फिलिप साल्ट र जस बटलरले ११.५ ओभरमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।

अन्तिम ओभरमा जितको लागि इंग्ल्यान्डलाई २१ रन चाहिँएको थियो । युवा ब्याटर ह्यारी ब्रुकले आन्द्रे रसेललाई पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा छक्का हानेका थिए । त्यस्तै चौथो बलमा दुई र पाँचौं बलमा छक्का हान्दै रोमान्चक जित दिलाए । ब्रुकले ७ बलमा १ चौका र ४ छक्कासहित ३१ रनको अविजित इनिङ खेल्दै सहज जित दिलाए ।

लियाम लिभिङस्टोन १८ बलमा ३ छक्कासहित ३० रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर, आन्द्रे रसेल र गुडाकेश मोटीले १-१ विकेट लिए ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियम सेन्ट जर्जमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धाारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । वेस्टइन्डिजका निकोलस पुरनले ४५ बलमा ६ चौका र ६ छक्कासहित ८२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

कप्तान रोभम्यान पावेल ३९, शेर्फान रदरफोर्ड २९, आन्द्रे रसेल ८, जेसन होल्डर १८, ब्रेन्डन किंग ८ र कायल मेयर्स शून्यमा आउट भए ।

इंग्ल्यान्डका साम करन र आदिल राशिदले समान दुई विकेट लिए । मोईन अली र रिस टोप्लीले एक एक विकेट लिएका थिए । अव तेस्रो खेल बुधबार र पाँचौं खेल शुक्रबार हुनेछ । सुरुवाती दुई खेलमा वेस्टइन्डिज ४ विकेट र १० रनले विजयी भएको थियो ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.