default_image

7 months ago

December 17, 2023

पाकिस्तानमाथि अष्ट्रेलियाको विशाल जित

785 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा पाकिस्तानमाथि ३ सय ६० रनको विशाल जित हात पारेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि ४ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिन अन्तिम सेसनमा ८९ रनमा अल आउट भयो । पाकिस्तानका साउद सकिलले २४, बाबर आजम १४, इमाम उल हक १०, शरफराज अहमद ४ र कप्तान शान मसुद २ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुड र मिचेल स्टार्कले समान तीन विकेट लिए । नाथन लायनले २ र प्याट कमिन्सले १ विकेट लिए । अष्ट्रेलियाले दोस्रो इनिङमा ६३.२ ओभरमा २३३–५ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो ।

अष्ट्रेलियाका ओपनर उस्मान खवाजा १ सय ९० बलमा ९ चौकासहित सर्वाधिक ९० रनमा आउट भएका थिए । मिचेल मार्श ६८ बलमा ७ चौका र २ छक्कासहित ६३ रनमा नट आउट रहेका थिए । स्टिभ स्मिथले ४५ रन जोडेका थिए । पाकिस्तानका खुराम शाहजादले सर्वाधिक तीन विकेट लिएका थिए ।

पाकिस्तान पहिलो इनिङमा २ सय ७१ रनमा अल आउट भएको थियो । पाकिस्ताका इमाम उल हकले ६२, अब्दुल्लाह शफिक ४२, बाबर आजम २१ र मसुद ३० रनमा आउट भएका थिए । अष्ट्रेलियाका नाथन लायनले ३, स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिएका थिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८७ रन बनाएको थियो । ओपनर डेविड वार्नरले २ सय ११ बलमा १६ चौका र ४ छक्कासहित १ सय ६४ रनको शतकीय इनिङ खेलेका थिए ।

मिचेल मार्श १ सय ७ बलमा १५ चौका र १ छक्कासहित ९०, खवाजा ४१, मार्नस लाबुसेन १६, स्टिभ स्मिथ ३१, हेड ४० र एलेक्स केरी ३४ रनमा आउट भए । पाकिस्तानका डेब्यू खेल खेलेका आमेर जामलले सर्वाधिक ६ विकेट लिएका थिए । दोस्रो टेस्ट २६ डिसेम्बर देखी मेलबर्नमा सुरु हुनेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.