2 years ago
December 17, 2023
एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा पाकिस्तानमाथि ३ सय ६० रनको विशाल जित हात पारेको छ । योसँगै तीन टेस्ट खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि ४ सय ५० रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान चौथो दिन अन्तिम सेसनमा ८९ रनमा अल आउट भयो । पाकिस्तानका साउद सकिलले २४, बाबर आजम १४, इमाम उल हक १०, शरफराज अहमद ४ र कप्तान शान मसुद २ रनमा आउट भए ।
अष्ट्रेलियाका जोश हेजलवुड र मिचेल स्टार्कले समान तीन विकेट लिए । नाथन लायनले २ र प्याट कमिन्सले १ विकेट लिए । अष्ट्रेलियाले दोस्रो इनिङमा ६३.२ ओभरमा २३३–५ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो ।
अष्ट्रेलियाका ओपनर उस्मान खवाजा १ सय ९० बलमा ९ चौकासहित सर्वाधिक ९० रनमा आउट भएका थिए । मिचेल मार्श ६८ बलमा ७ चौका र २ छक्कासहित ६३ रनमा नट आउट रहेका थिए । स्टिभ स्मिथले ४५ रन जोडेका थिए । पाकिस्तानका खुराम शाहजादले सर्वाधिक तीन विकेट लिएका थिए ।
पाकिस्तान पहिलो इनिङमा २ सय ७१ रनमा अल आउट भएको थियो । पाकिस्ताका इमाम उल हकले ६२, अब्दुल्लाह शफिक ४२, बाबर आजम २१ र मसुद ३० रनमा आउट भएका थिए । अष्ट्रेलियाका नाथन लायनले ३, स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिएका थिए ।
त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८७ रन बनाएको थियो । ओपनर डेविड वार्नरले २ सय ११ बलमा १६ चौका र ४ छक्कासहित १ सय ६४ रनको शतकीय इनिङ खेलेका थिए ।
मिचेल मार्श १ सय ७ बलमा १५ चौका र १ छक्कासहित ९०, खवाजा ४१, मार्नस लाबुसेन १६, स्टिभ स्मिथ ३१, हेड ४० र एलेक्स केरी ३४ रनमा आउट भए । पाकिस्तानका डेब्यू खेल खेलेका आमेर जामलले सर्वाधिक ६ विकेट लिएका थिए । दोस्रो टेस्ट २६ डिसेम्बर देखी मेलबर्नमा सुरु हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]