2 years ago
December 19, 2023
एजेन्सी – राजस्थान रोयल्सले वेस्टइन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा ७ करोड ४० लाख भारु (झन्डै १२ करोड रुपैयाँ) मा किनेको छ । तल्लोक्रममा विष्फोटक ब्याटिङको क्षमता राख्ने उनलाई राजस्थानले महँगो मूल्य खर्चिएको हो ।

रोभम्यान पावेलले न्यूनतम मूल्य १ करोड राखेका थिए । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । यी दुई टोलीको निरन्तर प्रतिस्पर्धाले उनले महँगो मूल्य पाएका हुन् । उनलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]