default_image

2 years ago

December 19, 2023

डर्याल मिचेललाई चेन्नईको धनको वर्षा

3241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा १४ करोड भारु( २२ करोड नेपाली रुपैयाँ) मा किनेको छ । अक्सनमा चेन्नई, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो ।

न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेलले अक्सनमा १ करोड भारु राखेका थिए । उनलाई किन्न दिल्ली र पन्जाबबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो । दिल्लीले ११ करोड ५० लाख भारुपछि मूल्य लगाउन छाडेको थियो । तर १२ करोडमा आएर चेन्नईले मूल्य लगाएपछि थप रोचक बनेको थियो । अन्तिममा चेन्नईले नै किनेको थियो ।

चेन्नईले यसअघि न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो । भारतीय तीव्र गतिका बलर हर्षल पटेल ११ करोड ७५ लाख भारु (झन्डै १९ करोड नेपाली रुपैयाँ) मा पन्जाब किंग्स पुगेका छन् ।

सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।
यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.