2 years ago
December 19, 2023
एजेन्सी – अष्ट्रेलियाका दुई तीव्र गतिका बलर प्याट कमिन्स र मिचेल स्टार्कले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ मा ७२ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । विश्वकप विजेता अष्ट्रेलिया बलरमाथि अक्सनमा धनको वर्षा भएपछि दुई खेलाडीले एक सिजनमा कीर्तिमानी ७२ करोड नेपाली रुपैयाँ पाउने भएका हुन् ।

स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख र प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको हो । यी दुई खेलाडीको मूल्य ४५ करोड २५ करोड (७२ करोड २४ लाख नेपाली रुपैयाँ) पाउने भएका छन् ।
स्टार्क आइपिएल इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी हुन् । उनले प्याट कमिन्सको कीर्तिमान तोडेका हुन् । प्याट कमिन्सले २०२३ मा इंग्ल्यान्डका अलराउन्डर साम करनको पन्जाब किंग्सले खर्चिएको १८ करोड ५० लाख रुपैयाँको कीर्तिमान तोडेका थिए । तर कमिन्सको कीर्तिमान केहि घण्टामै स्टार्कले तोडे ।
कमिन्स तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । अघिल्लो महिना अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन सानदार कप्तानी गरेका थिए । त्यसैको कारण हैदराबादले महँगो मूल्य खर्चिएको हो । उता स्टार्क २०१५ पछि आइपिएल खेलेका छैनन् । पछिल्लो केहि वर्षयता परिवार र अष्ट्रेलियालाई महत्वमा राख्दै अक्सनमा आफ्नो नाम नै दिएका थिएनन् ।

स्टार्क योर्कर, इन स्वींग, गति र बाउन्सरको लागि चिनिन्छन् । स्टार्कले प्रतिघण्टा १६०.४ किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् । वर्तमान समयमा सबैभन्दा उत्कृष्ट गतीमा बलिङ गर्ने स्टार्कलाई किन्न अक्सनमा धनको वर्षा भएको थियो ।
स्टार्क र कमिन्स दुबैले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै आएका छन् । अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन सानदार प्रदर्शन गरेपछि अक्सनमा झनै बढी मूल्य पाएका हुन् ।
स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए ।
त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो । तर त्यसपछि गुजरात पछि हटेको थियो ।

प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।
तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]