2 years ago
December 19, 2023
एजेन्सी – अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ । दुबईमा जारी अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि दिल्ली र गुजरातबीच कडा प्रतिस्पर्धा हुँदा १० करोड भारुमा गुजरातमा पुगेका हुन् ।

२८ वर्षीय जोनसन तीव्र गति र स्वींगका लागि चिनिन्छन् । विदेशी लिगमा सानदार प्रदर्शन गर्दै आएका उनले गत अगष्टमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । उत्कृष्ट गति र स्वींग हुँदा उनले महँगो मूल्य पाएका हुन् ।
उनी जारी अक्सनमा १० करोडमाथि मूल्यमा बिक्ने तेस्रो अष्ट्रेलियन खेलाडी हुन् । यसअघि अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक सर्वाधिक महँगो मूल्य २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँमा किनेको थियो ।
त्यस्तै अष्ट्रेलियाका अर्का तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइर्ज हैदराबादले २० करोड ५० लाख भारु झण्डै ३३ करोड नेपाली रुपैयाँमा किनेको थियो । ट्रविस हेडलाई हैदराबादले ६ करोड ८० लाख भारुमा किनेको थियो ।
त्यस्तै अष्ट्रेलियाका अर्का तीव्र गतिका बलर झेय रिचर्डसनलाई दिल्लीले ५ करोड भारुमा किनेको छ । अघिल्लो महिना भारतलाई हराउँदै एकदिवसीय विश्वकप उपाधि जितेपछि अष्ट्रेलियाका खेलाडी पहिलो रोजाईमा परेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]