2 years ago
December 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता बिहीबार देखी काठमाडौंमा सुरु हुँदैछ । पिएमकप खेल्ने ७ प्रदेश र एपिएफ सबैले आफ्नो टोली घोषणा गरि सकेका छन् ।

पिएमकप पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् ।
एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । यसअघि दुई समूहमा विभाजन गर्दै सेमिफाइनल हुने गर्दथ्यो । तर क्यानले खेलाडीलाई एक्सपोजर दिन यस पटक देखी राउन्ड रोविनको आधारमा गर्न लागेको हो ।
कोशीको टोली :
रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह ।
मधेशको टोली :
कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सबनम खातुन, मिना महतो, पुजा महतो, साक्षी यादव, रोजी कडारी, भूमी सिंह, आरती महतो, सरस्वती चौधरी र चाँदानी खातुन ।
बागमती प्रदेशको टोली :
अश्मिना कर्माचार्य (कप्तान), सोनी पाख्रिन, कन्चन श्रेष्ठ, खुशी डंगोल, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुँयाल, सलिना सिलवाल, सबिका कुमारी यादव, यशोदा विष्ट, विपिशा शाही, मनिषा उपाध्याय र यशु पाण्डे ।
गण्डकीको टोली :
कुसुम गोदार (कप्तान), अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी ।
लुम्बिनीको टोली :
सरस्वती घर्तीमगर (कप्तान), कृतिका मरासिनी (उपकप्तान), मधु डिसी, शर्मिला रोकामगर, कमला घर्तीमगर, सुष्मिता भुषाल, आश्मा पुलामी, कृति अधिकारी, रन्जु श्रेष्ठ, सुश्मिता बजागाईं, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन ।
कर्णालीको टोली :
किरण कुमारी कुँवर (कप्तान), अन्जु गुरुङ, बिना थापा, तृर्सना विश्वकर्मा, एन्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, बिमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिष्मा शाही ।
सुदुरपश्चिमको टोली :
ऋतु कनौजिया (कप्तान), विन्दु रावल, कविता जोशी, सम्झना खड्का, सोभा रोकाया, अनु कठायत, सावित्री धामी, लक्ष्मी साउद, मनिषा चौधरी, राधिका पुजारा, रेवती धामी, ईश्वरी विष्ट, जानकी थापा र रुवि पोदार ।
एपिएफको टोली :
सीताराना मगर (कप्तान), इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनुबाढा मगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरी थापा, राजमति ऐरी, मञ्जु बोकटी, ज्योति पाण्डे र सुमन विष्ट ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]