default_image

10 months ago

December 21, 2023

मधेशलाई हराउँदै बागमतीको विजयी सुरुवात

684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधाममन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई २८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय १८ रनको बलियो विजयी लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८९ रन बनायो ।

मधेशको लागि पुजा महतोले ४५ बलमा ४ चौकासहित ३५ रन बनाइन् । ओपनर अनुराधा चौधरी २८ बलमा ३ चौकासहित २१, एलिसा यादव ४, साना प्रविन शून्य, प्रतिमा शाह १४, सरस्वती कुमारी चौधरी २ र रोजी कडारी ५ रन बनाइन् ।

बागमतीकी अश्मिना कर्माचार्यले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । मनिषा उपाध्यायले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।

बागमतीको जितमा मध्यक्रमकी ब्याटर एसोदा विष्टले ३९ बलमा ६ चौकासहित ४७ रनको अविजित इनिङ खेलिन् । अश्मिना कर्माचार्य ३१ बलमा ३ चौकासहित ३० रनमा अविजित रहिन् ।

एक समय १०.३ ओभरमा ४५–४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटको लागि अश्मिना र यसोदाले ७२ रनको अविजित साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।

ओपनर हेलिसा गुरुङ १२, कन्चन श्रेष्ठ ८, अश्मिता खरेल डक र सोनी पाख्रिन ३ रनमा आउट भइन् । मधेशको लागि पुजा महतोले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिइन् ।

त्यस्तै कविता गौतमले एक विकेट लिइन् । बागमतीले दोस्रो खेलमा शुक्रबार कोशीसँग खेल्नेछ । उता मधेशले दोस्रो खेल नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.