default_image

10 months ago

December 21, 2023

कोशी १० विकेटले विजयी

619 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि सामान्य ३४ रनको विजयी लक्ष्य पछ्याएको कोशीले ३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कोशीको जितमा रुविना क्षेत्री १७ बलमा ६ चौकासहित २५ रनमा नट आउट रहिन् । काजोल श्रेष्ठ ५ रनमा नट आउट रहिन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै ३३ रन बनाएको थियो । कर्णालीको लागि ओपनर किरण कुँवरले ९, बिना थापा र राक्षी खड्काले ८-८ रन बनाइन् ।

कोशीकी अप्सरी बेगमले ३ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । एलिसा खडियाले २, सबनम राइ, निशा शाह र रुविना क्षेत्रीले १-१ विकेट लिइन् ।

प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लब छन् । राउन्ड रोविनमा हुने प्रतियोगितामा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.