default_image

1 year ago

December 21, 2023

लक्ष्मीको उत्कृष्ट ब्याटिङमा लुम्बिनीको विजयी सुरुवात

910 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर लक्ष्मी चौधरीको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ३ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर लक्ष्मी चौधरीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाइन् ।

आश्मा पुलामी मगर २, सरस्वती जिएम १२, सरस्वती पुन ७, रन्जु श्रेष्ठ ६ र मधु डिसी ३ रनमा आउट भइन् । सुस्मिता बजागाई ७ र कमला जिएम १ रनमा नट आउट रहिन् ।

सृष्टी पौडेल ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । सुमन खतिवडा र सुसुम गोदारले १(१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।

गण्डकीको लागि सुमन खतिवडा १८ बलमा ५ चौकासहित ३३ रनमा नट आउट रहिन् । सुमन पहिलो पटक गण्डकीबाट खेलेकी हुन् । यसअघि बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दथिइन् ।

ओपनर अन्जली विश्वकर्मा ५१ बलमा ४ चौकासहित ३० रनमा रिटायर्ड हर्ट भइन् । १५ औं ओभरमा अन्जली रिटायर्ड हुँदा गण्डकी ५९–२ को अवस्थामा थियो । त्यसपछि सुमन क्रिजमा आउँदै रनको गती बढाएकी थिइन् ।

गण्डकीलाई ओपनर सृर्जना पौडेल र अन्जली विश्वकर्माले ७.५ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । सृर्जना २३ बलमा ३ चौकासहित १९ रनमा आउट भइन् ।

सीमना केसी २ र ज्योत्स्निका मरासिनी ५ रनमा आउट भइन् । लुम्बिनीको लागि मधु डिसी, सरस्वती पुन र कमला जिएमले समान एक विकेट लिइन् ।

प्रधानमन्त्री कपमा ७ प्रदेश र एपिएफ सहभागी छन् । राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली प्लेअफ पुग्नेछन् ।

आजको पहिलो खेलमा बागमती प्रदेशले मधेशलाई २८ रनले हराएको थियो । उता मुलपानीमा पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो । अर्को खेलमा कोशी प्रदेशले कर्णालीलाई १० विकेटले हराएको थियो ।

January 14, 2025

एपिएफको जितमा ममता र इन्दुको अर्धशतक

धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको‌ पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले‌ हरायो‌। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]

January 14, 2025

पुलिसका कुशलको अविजित अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]

January 14, 2025

पिएसएलमा विक्री भएनन् नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई‌ लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]

Success

Thank you for your time.