default_image

5 months ago

December 22, 2023

कोशीलाई बागमतीको मध्यम लक्ष्य

301 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ८८ रनको मध्यम लक्ष्य दिएकोछ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २० ओभरमा ८ विकेट गुमाउँदै ८ रन बनायो ।

बागमतीको लागि यसोदा विष्टले ५४ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । एक समय ८.२ ओभरमा २१-४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटका यसोदा र अश्मिना कर्माचार्यले ५५ रनको साझेदारी गरेका थिए ।

पहिलो खेलमा मधेशलाई हराउन पनि पाँचौं विकेटका लागि अश्मिना र यसोदाले खराब अवस्थाबाट ७२ रनको अविजित साझेदारी गरेका थिए ।

अस्मिना २४ बलमा ३ चौकासहित २४ रनमा रुविना क्षेत्रीको बलमा रन आउट भइन् । कोशीलाई तीव्र गतिकी बलर सबनम राईले उत्कृष्ट सुरुवात दिलाएकी थिइन् ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर हेलिसा गुरुङलाई १ रनमा बोल्ड आउट गरिन् । पाँचौं ओभरको पाँचौं बलमा सोनी पाख्रिनलाई ३ रनमा एलबीडब्लू आउट गरेकी थिइन् ।

कन्चन श्रेष्ठ संगिता राईको बलमा ८ रनमा बोल्ड आउट भइन् । स्पिनर संगिताको बल रोक्ने धुनमा दुर्भाग्यपूर्ण बोल्ड भएकी थिइन् । सलिना सिलवाल ३ रनमा रन आउट हुँदा यशु पाण्डे शून्यमा बोल्ड भइन् ।

कोशीको लागि अप्सरी बेगमले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । सबनम राइले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । संगिता राइले १ विकेट लिइन् । पहिलो खेलमा बागमतीले मधेशलाई तथा कोशीले कर्णालीलाई हराएको थियो ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.