2 years ago
December 24, 2023
विनोद सिंह विष्ट, बैतडी
युवा बलर निरज ऐरको उत्कृष्ट बलिङमा डडेल्धुराले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा विजयी सुरुवात गरेको छ ।

बैतडीमा आइतबार देखी दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सम्पन्न उद्घाटन खेलमा डडेल्धुराले दार्चुलामाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको थियो ।
जितका लागि पाएको ७९ रनको सामान्य लक्ष्य डडेलधुराले १८.२ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । विशाल ऐरले सर्वाधिक २३ रनको योगदान दिँदै जिताए । दार्चुलाका विरेन बम र दिनेश कार्कीले ३र३ विकेट लिएपनि जितको लागि पर्याप्त भएन ।
त्यसअघि पहिला ब्याटिङ गरेको दार्चुला २१.५ ओभरमा ७८ रनमा अल आउट भयो । उसका दिनेश कार्कीले २४ रनको योगदान गरे। डडेल्धुराका निरज ऐरले ४ विकेट हात पारे। निरज खेलका म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत सोमबार दार्चुला र डोटीबीच प्रतिस्पर्धा हुनेछ।
उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी लगायतको उपस्थिति रहेको थियोे ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो। प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।
पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्। प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।
प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताए ।
ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।
खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]