default_image

2 months ago

December 25, 2023

कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ८ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको छ । एपिएफले चौथो जित हात पार्दा कोशीको पहिलो हार हो । जितको लागि ८५ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी इन्दु […]

441 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ८ विकेटले हराउँदै लगातार चौथो जित हात पारेको छ । एपिएफले चौथो जित हात पार्दा कोशीको पहिलो हार हो ।

जितको लागि ८५ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफकी इन्दु बर्मा ३४ बलमा २ चौका र २ छक्कासहित ३६ रनमा अविजित छिन् ।

रोमा थापा १० बलमा १० रनमा नट आउट रहिन् । ओपनर ज्योति पाण्डे ३९ बलमा २ चौकासहित २४ तथा सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । कोशीकी निशा शाह एलिसा खडियाले १–१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । कोशीकी कप्तान तथा ओपनर रुविना क्षेत्री बेलबासेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४१ रन बनाइन् । काजोल श्रेष्ठ ४६ बलमा १ चौकासहित २५ रनमा नट आउट रहिन् ।

ओपनर काजोल र रुविनाले १६ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । अप्सरी बेगम १३ र सबनम राइले १ रन बनाइन् । एपिएफकी करुणा भण्डारी र सोनु खड्काले १–१ विकेट लिइन् ।

कोशीले यसअघि कर्णालीलाई १० विकेट, बागमती प्रदेशलाई ८ विकेट र मधेशलाई ६० रनले हराएको थियो । एपिएफले सुदूरपश्चिमलाई ९ विकेट, मधेशलाई १० विकेट र लुम्बिनी प्रदेशलाई ९० रनले हराएको थियो ।

८ टोली सहभागी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । एपिएफले बुधबार कर्णालीसँग खेल्नेछ । बागमतीले सोही दिन लुम्बिनीसँग खेल्नेछ ।

February 29, 2024

पाँचपोखरी र ह्योल्मो-११ समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा जित दर्ता गरेका छन् । यस जितसँगै दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भए । मुलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा […]

February 29, 2024

नेदरल्यान्ड्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । नेदरल्यान्ड्सको ४ अंक, नामिबियाको २ अंक र नेपाल अंकविहिन छ । जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले […]

February 29, 2024

लेभिटको शतकमा नेदरल्यान्ड्सको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड […]

Success

Thank you for your time.