2 years ago
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर कविता जोशीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लगातार तेस्रो जित हात पारेकोछ । सोमबार बागमती प्रदेशलाई ६ विकेटले हराउँदै शीर्ष चार सम्भावना मजबुत बनाएको छ ।

जितको लागि ८८ रनको सामान्य लक्ष्य सुदूरले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा कविता जोशी २२ बलमा ४ चौकासहित २७ रनमा नट आउट रहिन् ।
ओपनर रुवि पोदार ९, अनु कडायत १ र सम्झना खड्का ७ रनमा आउट भइन् । बागमतीकी सोनी पाख्रिन र अश्मिना कर्माचार्यले १–१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ओपनर कन्चन श्रेष्ठले ४२ बलमा सर्वाधिक १६ रन बनाइन् । ओपनर हेलिसा गुरुङ १० बलमा ३ चौकासहित १६ रनमा आउट भइन् ।
तीव्र गतिकी बलर मनिषा चौधरीले चौथो ओभरको दोस्रो बलमा हेलिसालाई बोल्ड गर्दा बागमती ३.२ ओभरमा २२(१ को अवस्थामा थियो । हेलिसाले आक्रामक सुरुवात दिलाउँदै आउट भएपनि त्यसपछि बागमतीले खेलमा निकै सुस्त ब्याटिङ गरेको थियो ।
सोनी पाख्रिन ३० बलमा १ चौकासहित १३, यशोदा विष्ट र अश्मिना कर्माचार्य १–१ रनमा आउट भइन् । सलिना सिलवालले १० र विपिशा शाहीले ९ रन बनाइन् ।
सुदूरपश्चिमकी कविता जोशीलेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै अर्की स्पिनर लक्ष्मी साउदले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । मनिषा चौधरी र जानकी थापाले समान एक विकेट लिइन् । सुदूरपहिलो खेलमा एपिएफसँग ९ विकेटले पराजित भएको थियो । त्यसपछि लुम्बिनीलाई ९ विकेट र कर्णालीलाई ८१ रनले हराएको थियो ।
उता बागमतीले पहिलो खेलमा मधेशलाई २८ रनले हराएको थियो । कोशीसँग ८ विकेटले हार्दा गण्डकीलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिले बुधबार मधेश तथा बागमतीले लुम्बिनीसँग खेल्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]