2 years ago
December 25, 2023
एजेन्सी – अफगानिस्तानले पहिलो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली युएईमाथि १ सय ९ रनको फराकिलो जित हात पारेको छ । जितको लागि २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युएई ३० ओभरमा १ सय ५ रनमा अल आउट भयो ।

युएईका युवा ब्याटर ध्रुव पराशर ६१ बलमा ४ चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहे । मोहम्मद जवादुल्लाह ४२ बलमा १ चौका र १ छक्कासहित २४ रनमा आउट भए । एक समय ६६-९ को अवस्थामा पुगेको युएईलाई ध्रुव र जवादुल्लाले अन्तिम विकेटका लागि ३९ रनको साझेदारी गर्दै एक सय रनको आकंडा पूरा गराएका थिए ।
कप्तान मोहम्मद वासिम २ र आयन खान अफ्जल ७ रनमा आउट भए । अभ्यास खेल हुँदा युएईले यू१९ खेलका खेलाडीलाई खेलमा बढी मौका दिएको थियो ।
ओपनर सागर कल्याण १, तानिश सुरी ७, मयंक चौधरी ९, राहुल चोपरा र समाल उदावाथाथा शून्यमा आउट भए । अफगानिस्तानका यामिन अहमादजाईले ६.४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । बिलाल सामी र फरिद अहमदले २–२ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४७.२ ओभरमा २ सय १४ रनमा अल आउट भयो ।
अफगानिस्तानका गुलबदीन नाइबले ५१ बलमा ५ चौकासहित ४२ रन बनाए । त्यस्तै बहिर शाहले ६४ बलमा ४ चौका र १ छक्कासहित ४४ रन बनाए । ओपनर हियाज हनि १३, मोहम्मद इशाक २२, रहमात शाह ३८, कप्तान हश्मातुल्लाह शाहिदी ९ र आजमतुल्लाह ओमरजाई २ रनमा आउट भए ।
युएईका तीव्र गतिका बलर अकिफ राजाले सर्वाधिक ३ विकेट लिए । मोहम्मद जवादुल्लाह, मोहम्मद जुहैब र ध्रुब पराशरले २–२ विकेट लिए । दोस्रो तथा अन्तिम अभ्यास खेल बुधबार हुनेछ । त्यसपछि तीन खेलको टि२० आई खेलको सिरिज हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]