1 year ago
December 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – करण केसीको अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा पर्सा क्लब ११ लाई २५ रनले हराएको छ । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको पर्साले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो ।
पर्साका पवन सरार्फले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाए । सन्दीप लामिछानेले २८ बलमा २ छक्कासहित २३, सुरज पटेल १७, अनिल शाह डक र रुपेश सिंह १५ रनमा आउट भए ।
पुलिसका करण केसी, ललित राजवंशी र सागर ढकालले समान दुई विकेट लिए । राशिद खान र शेर मल्लले १(१ विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो ।
पुलिसका करण केसीले १२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २९ रन बनाए । अमित श्रेष्ठ २६, आरिफ शेख २२, शंकर राना १८ र अर्जुन साउद ११ रन बनाए । पर्साका अनिल शाहले दुई, साम्सद मानसुरी र रुपेश सिंहले १-१ विकेट लिए ।
६ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली सेमिफाइनल खल्नेछन् । आर्मी सुरुवाती चार खेलका साथ सेमिफाइनलमा पुगि सकेको छ ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]