default_image

2 years ago

December 26, 2023

सुदूरपश्चिम प्रदेश छनोट : बझाङले दार्चुलालाई हरायो

234 views

0 Bookmark

विनोद सिंह विष्ट, बैतडी

बैतडीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनेटमा बझाङले दार्चुलालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितका लागि पाएको ९१ रनको झिनो लक्ष्य बझाङले १५.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। जसमा अभिनाश मल्लले ४४ रनको योगदान गरे। उनी म्यान अफ द म्याच समेत चुनिए । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट हात पारे।

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा अल आउट भयो । उसका विपिन धामीले सर्वाधिक २८ रन बनाए। बझाङका सुशील रावल र अशोक धामीले ३र३ विकेट लिए।

पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ। दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट घर फर्किएको छ। प्रतियोगिता अन्तरगत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो। प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।

प्रादेशिक क्रिकेट संघले यस वर्ष देखि दुई चरणमा प्रदेश छनोट गरेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा र डोटी छन् ।

जसको विजेताले ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछामसँग खेल्न पाउनेछ । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.