1 year ago
December 27, 2023
एजेन्सी – घरेलु टोली न्युजिल्यान्ड पहिलो टि२० आई खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा ओपनर लिटन दास ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४२ रनमा अविजित रहे ।
सौम्य सरकार २२, नाज्मुल हसन सान्टो १९, रोनी तलुकदार १०, मेहेदी हसन र तौहिद हृदोय १९–१९ रन बनाए । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्श निसम, बेन सियर्स र मिचेल सान्टनारले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । न्युजिल्यान्डका जेम्श निसमले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रन बनाए ।
फिन एलेन १, टिम सिफर्ट शून्य, डर्याल मिचेल १४, ग्लेन फिलिप्स शून्य, मार्क च्यापम्यान १९, कप्तान मिचेल सान्टनार २३ र एडम मिल्नेले १६ रन बनाए ।
बंगलादेशका शोरिफुल इस्लामले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । मेहेदी हसनले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । मुश्ताफिजुर रहमानले दुई, तान्जिम हसन सकिब र रिशाद हसनले १–१ विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]